मौसम विश्लेषण (Meteorological Analysis): हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । २०८१ वैशाख २१ गते (शुक्रवार) दिउँसो: लुम्बिनी, गण्डकी,कर्णाली र सुदुरपश्चिम प्रदेशमा आंशिक वदली भई बाँकी भू-भागमा आंशिक देखि मौसम मुख्यतया सफा रहने छ । राती: सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भु-भागमा आंशिक देखि साधारणतया वदली भई बाँकी […]
नेपालगन्ज, वैशाख २१ गते । नेपालगन्ज रङ्गशालामा निर्माण गरिएको अन्तर्राष्ट्रिय मापदण्डको देशकै ठुलो पौडी पोखरी मध्यको पौडी पोखरीमा अहिले पौडी खेल्न पुग्नेहरू दिनदिनै बढ्दै गएका छन् । अत्यधिक गर्मी र तातो हावा ‘लू’ बाट जोगिन पौडी पोखरीमा पुग्नेहरू बढ्दै गएको मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले बताउनुभयो । उहाँले गर्मी अत्यधिक बढेपछि […]
बीबीसी न्यूज/ सर्वोच्च अदालतले हालै दिएको एउटा आदेशले आगामी दिनमा हिमाल चढ्न पाउने आरोहीहरूको सङ्ख्यालाई सीमित बनाइदिन सक्ने अवस्था बनेको जानकारहरूले बताएका छन्। यस वर्षको वसन्त याममा उच्च सङ्ख्यामा आरोहीहरू सगरमाथा चढ्न जान लागेका बेलामा सर्वोच्च अदालतलले दिएको उक्त आदेशलाई हिमाल आरोहणका विषयमा निकै महत्त्वपूर्ण मानिएको छ। सगरमाथा सहित नेपालमा आरोहण हुने ४१४ ठूलासाना हिमालका […]
नेपालगन्ज, वैशाख २० गते । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुर गाउँमा भएको आगलागीमा परेर १५ वटा पशुचौपाया मरेका छन् भने करिब ३० लाख रुपियाँको क्षति भएको छ । सो आगलागीबाट बालापुरमा रहेको चुनलाल थारु, कमला गिरी र तुलसा गिरीको तीन वटा घर पूर्ण रूपमा जलेर नष्ट भएको तथा अन्नपात र धनमाल नष्ट हुनुका साथै करिब […]
नेपालगन्ज, वैशाख १९ गते । गत केही दिनयता नेपालगन्जमा अत्यधिक बढेको गर्मी र नियमित चलिरहेको तातो हावा लु का कारण बिरामी हुनेको सङ्ख्या दिनदिनै बढ्दै गएको छ। बिरामी हुनेमा बालबालिका सबैभन्दा बढी छन् । अत्यधिक गर्मी र तातो हावाका कारण बिरामी पर्ने बालबालिकाको सङ्ख्या बढ्दै गएको स्थानीय अस्पतालहरूले जनाएका छन् । हाल उपचारका लागि […]
नेपालगन्ज, वैशाख १९ गते । बाँकेको राप्ती सोनारी गाउँपालिका–७ झगडिया गाउँमा मंगलबार साँझ आगलागी हुँदा ६ घर र तीन वटा गोठ जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले दिनु भएको जानकारीअनुसार बच्चाहरू खेल्नेक्रममा रमेश गद्दीको घरबाट सुरु भएको आगलागीबाट गाउँका छ वटा घर र तीन वटा गोठ […]
१८ गते । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मङ्गलबार दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी प्रदेशका पहाडी […]
काठमाडौँ, वैशाख १७ गते । विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिकरुपमा वृद्धि भइरहेकाले तातो हावाको लहर अझै बढ्ने भएको छ । जल तथा मौसमविज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको जानकारी गराएको […]
रासस/बाँके । डढेलो नियन्त्रण गर्न बाँके राष्ट्रिय निकुञ्जले २ हजार किलोमिटर अग्नि रेखा निर्माण गरेको छ । डढेलो नियन्त्रण गर्न निकुञ्ज अन्तर्गतको बढी डढेलो प्रभावित क्षेत्रमा बनाइएको अग्निरेखा डढेलो नियन्त्रणमा प्रभावकारी भएको बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार साहले बताए । ‘निकुञ्ज क्षेत्रभित्र पर्ने डढेलो जोखिमयुक्त क्षेत्र महादेवा, कोहलपुर, चिसापानी, मुगुवा, खैरी खोला […]
काठमाडौँ, वैशाख १६ गते । विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले लुम्बिनी प्रदेशका तराई भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन गरिएको बताएको छ । आगामी केही दिनसम्म देशभरको तापक्रम बढ्ने सम्भावना रहेकाले गर्मीबाट […]










