हाल मौसमको अवस्था कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारण देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।साथै मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ।   […]

  नेपालगन्ज, असार १४ गते । बाँकेको नरैनापुर र राप्तीसोनारी गाउँपालिकामा वन क्षेत्र अतिक्रमण गरी बनाइएका २७ वटा घरटहरा हटाइएको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ । सो कार्यालयले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षमा नरैनापुर र राप्तीसोनारीमा चार हेक्टरभन्दा बढी वन क्षेत्र अतिक्रमण गरी बनाइएका २७ घरटहरा हटाइएको छ । डिभिजन वन कार्यालयका अधिकृत अजितकुमार कर्णले […]

  काठमाडौँ/ईकान्तिपुर — मनसुन भित्रिएपछि गत जेठ २८ देखि यही असार १२ गतेसम्ममा विपद्‌बाट ३३ जिल्ला प्रभावित भएका छन् । गृह मन्त्रालयका अनुसार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सिन्धुपाल्चोक, रसुवा, चितवन, लमजुङ, पर्वत, म्याग्दी, नवलपरासीपूर्व, गुल्मी दाङ, बाजुरा, कास्कीलगायत जिल्ला बढी प्रभावित भएका हुन् । यस अवधिमा कूल १४७ विपद्का घटना भएको र ती घटनाहरुमा परेर २८ […]

काठमाडौँ, असार १२ गते । लमजुङमा पहिरोले घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता भएका छन् । क्व्होलासोथार गाउँपालिका ३ को पोगुममा मङ्गलवार राति गएको पहिरोले तीन वटा घर बगाएको छ भने एकै परिवारका चार जना बेपत्ता भएको वडा नम्बर ३ का सदस्य भोज बहादुर घलेले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । उहाँका अनुसार बेपत्ता हुनेमा […]

  २०८१ असार ११ गते (मंगलबार) दिउँसोː देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना […]

मौसम विश्लेषण  हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ साथै बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।   हाल मौसमको अवस्था  कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको […]

  नेपालगन्ज, असार ५ गते । बाँकेको कोहलपुरमा खानेपानीको मागभन्दा आधा जति मात्रै वितरण भइरहेकाले खानेपानीको सङ्कट चुलिँदै गएको छ । कोहलपुर बृहत् खानेपानी उपभोक्ता संस्थाले हाल दैनिक ५० लाख लिटर पानीको माग हुने गरेकोमा त्यसको आधा जति मात्रै अर्थात् दैनिक करिब २६–२७ लाख लिटर पानी वितरण भइरहेको जनाएको छ । संस्थाका अध्यक्ष टेकनारायण भुसालले […]

मौसम विश्लेषण हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।   हाल मौसमको अवस्था (Present Weather Status): कोशी प्रदेश, मधेश प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतया देखि पुर्ण बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि […]

नेपालगन्ज, असार २ गते। पछिल्लो समयमा बाँके लगायतका जिल्लामा बढेको गर्मी र तातो हावा लु का कारण जनजीवन अति नै प्रभावित भएको छ। उच्च गर्मीकै कारण बाँकेमा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खजुरा गाउँपालिकाका सुन व्यवसायी टोपेन्द्र सुनारको गर्मीका कारण बेहोस भएर मृत्यु भएको हो। खजुरा बजारमा मेट्रो ज्वेलर्स सञ्चालन गर्दै आउनुभएका सुनार […]

खजुरा, असार २ गते । बाँकेका विभिन्न सामुदायिक वनमा वन्यजन्तुका निम्ति पानी पिउने व्यवस्थाका साथ बनाइएका मानवनिर्मित कृत्रिम पोखरीहरू प्रभावकारी बनेका छन् । गर्मी समयमा पानीको मूलसमेत सुक्न गई वनक्षेत्रमा रहने विभिन्न वन्यजन्तुहरूलाई पानी पिउन समस्या हुने र त्यसको समाधानका लागि विभिन्न सामुदायिक वनक्षेत्रमा इलममार्फत् बनाइएका मानवनिर्मित कृत्रिम पोखरीहरू प्रभावकारी बनेका हुन् । विगत लामो […]