नेपालगन्ज, वैशाख २५ गते । बाँकेमा पाँच हजार १३३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ। जिल्लाका विभिन्न सामुदायिक वन र चक्ला वन क्षेत्रमा केही महिनादेखी डढेलो लागिरहेको छ । बाँकेको नरैनापुर, राप्ती सोनारी, कोहलपुर लगायत क्षेत्रमा डढेलो लागेको छ । डिभिजन वन कार्यालय बाँकेले दिएको जानकारी अनुसार कोहलपुर सब डिभिजनका […]

  काठमाडौँ, वैशाख २५ गते । जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी भागमा आंशिक बदली रही बागमती र कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको तथा बाँकी भूभागमा आंशिक बदली रहेको जनाएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदली हुनेछ ।कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशको […]

२०८१ बैशाख २४ गते (सोमबार) दिउँसो ː देशभर आंशिक देखि साधारणतया बदली रहने छ ।कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको साथै बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा […]

काठमाडौँ —हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहने छ । कोशी, वाग्मती, […]

मौसम विश्लेषण (Meteorological Analysis):   हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । २०८१ वैशाख २१ गते (शुक्रवार) दिउँसो: लुम्बिनी, गण्डकी,कर्णाली र सुदुरपश्चिम प्रदेशमा आंशिक वदली भई बाँकी भू-भागमा आंशिक देखि मौसम मुख्यतया सफा रहने छ । राती: सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भु-भागमा आंशिक देखि साधारणतया वदली भई बाँकी […]

नेपालगन्ज, वैशाख २१ गते । नेपालगन्ज रङ्गशालामा निर्माण गरिएको अन्तर्राष्ट्रिय मापदण्डको देशकै ठुलो पौडी पोखरी मध्यको पौडी पोखरीमा अहिले पौडी खेल्न पुग्नेहरू दिनदिनै बढ्दै गएका छन् । अत्यधिक गर्मी र तातो हावा ‘लू’ बाट जोगिन पौडी पोखरीमा पुग्नेहरू बढ्दै गएको मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले बताउनुभयो । उहाँले गर्मी अत्यधिक बढेपछि […]

बीबीसी न्यूज/ सर्वोच्च अदालतले हालै दिएको एउटा आदेशले आगामी दिनमा हिमाल चढ्न पाउने आरोहीहरूको सङ्ख्यालाई सीमित बनाइदिन सक्ने अवस्था बनेको जानकारहरूले बताएका छन्। यस वर्षको वसन्त याममा उच्च सङ्ख्यामा आरोहीहरू सगरमाथा चढ्न जान लागेका बेलामा सर्वोच्च अदालतलले दिएको उक्त आदेशलाई हिमाल आरोहणका विषयमा निकै महत्त्वपूर्ण मानिएको छ। सगरमाथा सहित नेपालमा आरोहण हुने ४१४ ठूलासाना हिमालका […]

नेपालगन्ज, वैशाख २० गते । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुर गाउँमा भएको आगलागीमा परेर १५ वटा पशुचौपाया मरेका छन् भने करिब ३० लाख रुपियाँको क्षति भएको छ । सो आगलागीबाट बालापुरमा रहेको चुनलाल थारु, कमला गिरी र तुलसा गिरीको तीन वटा घर पूर्ण रूपमा जलेर नष्ट भएको तथा अन्नपात र धनमाल नष्ट हुनुका साथै करिब […]

  नेपालगन्ज, वैशाख १९ गते । गत केही दिनयता नेपालगन्जमा अत्यधिक बढेको गर्मी र नियमित चलिरहेको तातो हावा लु का कारण बिरामी हुनेको सङ्ख्या दिनदिनै बढ्दै गएको छ। बिरामी हुनेमा बालबालिका सबैभन्दा बढी छन् । अत्यधिक गर्मी र तातो हावाका कारण बिरामी पर्ने बालबालिकाको सङ्ख्या बढ्दै गएको स्थानीय अस्पतालहरूले जनाएका छन् । हाल उपचारका लागि […]

  नेपालगन्ज, वैशाख १९ गते । बाँकेको राप्ती सोनारी गाउँपालिका–७ झगडिया गाउँमा मंगलबार साँझ आगलागी हुँदा ६ घर र तीन वटा गोठ जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले दिनु भएको जानकारीअनुसार बच्चाहरू खेल्नेक्रममा रमेश गद्दीको घरबाट सुरु भएको आगलागीबाट गाउँका छ वटा घर र तीन वटा गोठ […]