बुटवल । गुल्मीको धुर्कोट गाउँपालिका वार्ड २ पिपल धाराका विष्णु थापाको मुख्य पेसा कृषि हो । आफ्नो खेतबारीमा काम गर्दा गर्दै उनको दैनिकी बित्ने गरेको छ । उनको केही पाखो वारी समेत रहेको छ । बर्खामा धान रोप्नको लागि खेत पनि छ । तर उक्त खेतमा भएको उत्पादनले उनको परिवारलाई वर्ष भरी खान पुग्दैन । […]
रासस (बागलुङ) । बागलुङको सुन्तला पकेट क्षेत्रमा यस वर्ष उत्पादनमा कमी आएको छ । सुन्तला गाउँका रूपमा चिनिएको जिल्लाको सिगाना गाउँमा बर्सेनि औँशा किराको सङ्क्रमण बढ्दै गएकाले उत्पादनमा कमी आएपछि किसान चिन्तित बनेका छन् । सिगानाका अगुवा सुन्तला किसान रामबहादुर खड्काको बगानमा यसपटक मात्रै नौ प्लाष्टिकका बोरामा झरेका सुन्तला सङ्कलन गरिएको छ । सुन्तला […]
लुम्बिनी — लुम्बिनी प्रदेशमा ६७ प्रतिशत घरपरिवार कृषिमा आबद्ध रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहिबार बुटवलमा सार्वजनिक गरेको राष्ट्रिय कृषिगणना २०७८ को प्रदेशस्तरीय नतिजा सार्वजनिक कार्यक्रममा नेपालमा कुल घरपरिवार ४१ लाख ३० हजार ७८९ घरपरिवार मध्य २२ लाख १८ हजार ४ सय १० घरपरिवार कृषक परिवार रहेको जनाएको हो । जुन […]
बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ मा मेरो घर छ । म २० वर्षदेखि व्यावसायिक कृषि पेशामा आबद्ध छु । यो वर्ष मैले आफ्नो निजी र भाडाको जमिनमा गरेर ६ बिघा जग्गामा धान खेती गरेको थिएँ । साउनमा रोपेको धान काटेर अहिले भित्र्याएको छु । खेतबाट १८० क्वीन्टल धान उत्पादन भएको छ । गाउँमा […]
काठमाडौं, मंसिर ८ । सरकारले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले जंगली बँदेल कृषि हानीकारक वन्यजन्तु घोषणा गर्दै निजी खेतबारी, खलोमा आएको सानो जातको बँदेलबाहेकका बँदेललाई मात्र पक्रन र मार्न पाइने गरी कानुन ल्याएको छ। राजपत्रमा प्रकाशित भएको एक वर्षसम्म विना अनुमति जंगली बँदेल पक्रन र मार्न सकिने राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ। त्यसका […]
काठमाडौँ । नेपाललाई भारतले उपहार स्वरुप दिएका १५ वटा मुर्रा जातको राँगा आज दिउँसो १ देखि २ बजेभित्र नेपालगस्थित रुपैडिया–जमुनाहा नाकामा भित्र्याइँदै छ । नेपालजंगस्थित पशु क्वारेन्टाईन कार्यालयका प्रमुख डा।विनयकुमार कर्णलेका अनुसार ती राँगा ट्रकमा ल्याउन लागिएको हो । उनकाअनुसार उन्नत जातको नश्ल सुधारका लागि ल्याउन लागिएका राँगाको स्याहारका लागि एकजना भेटेरिनरी डाक्टर पनि सँगै […]
रासस. झापा, मंसिर ५ /मुनाफाको आशले सयपत्रीको खेतीमा ठूलो लगानी गरेका किसान फूल नबिकेपछि मारमा परेका छन्। तिहार र छठपर्वमा पनि नबिकेका फूल अब खेतमै कुहिने अवस्था छ। बिर्तामोड नगरपालिका- ९ का दलबहादुर अधिकारीले यस वर्ष एक बिघा पाँच कठ्ठा जग्गामा सयपत्री फूलको खेती लगाएका थिए। गत वर्ष १० कठ्ठामा मात्र फूलखेती गर्दा मनग्य […]
काठमाडौँ । भारतले पठाएको १५ वटा मुर्रा जातको राँगा बाँकेको नेपालगन्जस्थित रुपैडिहा–जमुनाहा नाकाबाट भित्र्याउन लागिएको छ ।रुपैडिहा–जमुनाहा नाकाबाट भित्र्याउने तयारी भएको पशु सेवा विभागका सूचना अधिकारी डा। चन्द्र ढकालले जानकारी दिए । नेपाली प्राविधिक टोली भारत गएर राँगाको परीक्षण मापदण्ड पुरा गरेसँगै भारतले राँगा हस्तान्तरण गरेको उनको भनाइ छ । भारतले १५ वटा राँगा […]
रासस. फुङ्लिङ (ताप्लेजुङ), कात्तिक २१/ताप्लेजुङका किसानलाई अलैंची घर भित्र्याउन भ्याइनभ्याइ भएको छ। दसैं सकिएसँगै किसान अलैंची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन्। ताप्लेजुङमा असोज–मङ्सिर महिना अलैंची थक्याउने मुख्य समय हो। अलैंची ताप्लेजुङकै प्रमुख नगदे बालीका रूपमा खेती गरिन्छ। बेंसी क्षेत्रमा साउनदेखि लेकाली क्षेत्रमा मङ्सिर तेस्रो सातासम्म अलैंची टिपाइ हुन्छ। अहिले मध्यभागमा अलैंची थन्क्याउने मुख्य याम […]
खजुरा/ रासस । नेपालगन्ज जमुनाह नाकाबाट दुई महिनामा रु १० करोड बढीको केरा नेपाल आयात भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को साउन र भदौमा मात्र नेपालगन्ज भन्सार नाका हुँदै रु १० करोड ३१ लाख २५ हजार मूल्यबराबरको केरा आयात भएको छ । चाडपर्वका कारण दुई महिनामा केरा बढी आयात हुने गरेको […]











