काभ्रे । काभ्रेको बल्थलीस्थित थुम्कीमा पहिरोले गाउँ नै बगाएको छ । पनौती नगरपालिका वडा नम्बर ११ बल्थली स्थित थुम्कीमा रहेको गाउँ पहिरोले बगाएको छ । मध्यराति गाउँ माथिबाट पहिरो आएसँगै स्थानीयको भागाभाग भएको थियो । पहिरोमा परेर ४ जना बेपत्ता छन् । थुम्कीका अर्जुन भण्डारीको घर पहिरोले बगाएको छ । भण्डारीको घरमा पाहुना आएका ४ […]

  चितवन । नारायणगढ-मुग्लिङ्ग सडक खण्ड अन्तर्गत ९ किलोमा सडक भाँसिएको छ । सडक दबेको कारण ठूला सवारीसाधन आवागमन पूर्णरूपमा अवरोध भएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ । सडक भाँसिएको ठाउमा एउटा गाडी पल्टिएको छ । भाँसिएको ठाउँमा ग्रावेल फिलिङ्ग गरी  मर्मतको कार्य हुँदै गरेकोले, उक्त सडक खण्डमा आवश्यक सावधानीका साथ सजकता अपनाई […]

काठमाडौँ । प्रहरीले अवैध लागूऔषधसहित तीन जना पक्राउ गरेको छ । जसमा कैलाली, धनगढी उपमहानगरपालिका-३ ट्राफिक चोकस्थित बाजुरा होटलबाट अवैध लागूऔषध चरेश ७ सय ४० ग्राम सहित होटल संचालिका बाजुरा खप्तड छेडेदह गाउँपालिका-४ घर भएकी ४१ वर्षीया मनमति ऐडि रावतलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले होटल तलासी […]

काठमाडौं । अमेरिकन डलर देखाई ठगी गर्ने ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाही बाग्मती नगरपालिका-१ घर भई हाल भक्तपुर जगाते भातेढिकुरे बस्ने ३० वर्षीय साजन भन्ने लाल बहादुर घिसिङ, सिन्धुपाल्चोक बलेफी गाउँपालिका-३ घर भई हाल भक्तपुर ठिमी बस्ने २० वर्षीय सुन बहादुर तामाङ र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ कर्थली घर भई […]

बागमति- भक्तपुर दरबार क्षेत्रको भ्रमण गर्दा मैले नेपालको ऐतिहासिक र सांस्कृतिक सम्पदाको गहिरो अनुभव गरें । यो क्षेत्र साँच्चै नेपालकै गौरवशाली धरोहरमध्येको एक हो । भक्तपुर दरबारको शिल्पकला, हस्तकला र मल्लकालीन वास्तुकलाले मलाई विशेष रूपमा आकर्षित गर्यो । यहाँको प्राचीन राजदरबार, ५५ झ्याले दरबार र अन्य धार्मिक स्थलहरूले इतिहास प्रति मेरो रुचिलाई थप बलियो बनायो […]

  काठमाडौं । नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति भएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षिय छलफलमा सो सहमति भएको हो । आयोजनामा देखिएका विभिन्न समस्या समाधान गरेर निर्माणलाई गति दिन तीनै तहका सरकार, निर्माण व्यवसायी तथा सम्बद्ध पक्षहरू सहमत भएका हुन् । मन्त्री देवेन्द्र दाहालको पहलमा भएको छलफलमा […]

शेरबहादुर राई ओखलढुङ्गा, असोज ४ गते । ओखलढुङ्गा कारागारमा कैदीबन्दीबिच झडप भएको छ । बिहीबार बिहान ३ बजेको समयमा कैदीबन्दीबिच झडप भएको हो । कारगारको नाइके र सहनाइकेले आर्थिक शोषणका साथै अपचलन गरेको आरोपमा झगडा भएको बताइएको छ । कैदीबन्दीको आक्रोशित भीड नाइके र सहनाइकेमाथि खनिएकाे थियाे । कारागारमा तनाव सिर्जना भएपछि नाइके र सहनाइकेलाई […]

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण गर्न गरेको प्रस्ताव मन्त्रीपरिषद बैठकबाट स्वीकृत भएको छ । बिहिबार बसेको मन्त्रिपरिषदबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रस्ताव गरेको भक्तपुर क्यान्सर अस्पताल गठन आदेशसम्बन्धी मन्त्रालयको प्रस्ताव स्वीकृत भएको हो । यसअघि नेपाल अर्बुद रोग निवारण संस्थाबाट सरकारले आफैं सञ्चालन गरेको अस्पतालका तीन […]

  चितवन । नारायणगढ मुग्लिन सडकखण्डको सिमलतालमा ट्रक दुर्घटना भएको छ । आइतबार बिहान ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशुलीमा खसेको हो । यसअघि यही ठाउँबाट दुई यात्रुबाहक बस त्रिशुलीमा खसेका थिए । दुर्घटना भएको ट्रक आरएमसी कम्पनीको खानेतेल बोकेको ट्रक रहेको र ट्रकका चालक र सहचालकको अवस्था अहिलेसम्म अज्ञात रहेको प्रहरीले जानकारी दिएको […]

काठमाडौँ । भूकम्पपछि पुनर्निर्माण गरिएको धरहरा आगामी असोज ३ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ देखि अस्थायी रुपमा धरहरा खुला गर्ने निर्णय गरेको हो । २०७२ वैशाख १२ को शक्तिशाली भूकम्पले ढलाएको धरहरा आधुनिक, सुविधायुक्त र बलियो बनाइएको छ । अबको धरहरा अपांगता भएकाहरूले पनि चढ्न र […]