काठमाडौँ । नागढुङ्गा नजिकै खसेको पहिरोका कारण मुग्लिङ-काठमाडौँ सडक अझै अबरुद्व रहेको छ । लगातारको बर्षा र पहिरोले नागढुङ्गा नजिक झ्याप्ले खोलमा खसेको पहिरो पन्छाउने नसकेपछि सडक अझै अवरुद्ध रहेको प्रहरीले जनाएको छ । प्रहरीले पानी परिरहेको र पहिरो खसिरहेकाले पहिरो पन्छाउन समस्या भएको बताएको छ । बर्षा रोकिएपछि पहिरो पन्छाउन ३ देखि ४ घण्टा […]

काठमाडौँ । नागढुङ्गा नजिकै पहिरो खसेपछि अहिले मुग्लिङ-काठमाडौँ सडक अबरुद्व भएको छ । झ्याप्ले खोलमा खसेको पहिरो अहिले पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ । पहिरोले सडक अवरुद्ध भएपछि दुई पाङ्ग्रे सवारी साधन खानीखोलाबाट नागढुङ्गा निस्कन सक्ने र चार पाङ्ग्रे सवारी साधन धार्केबाट सितापाईला निस्कन सकिने हुनाले धेरै सवारी साधनले बैकल्पिक मार्ग गरिरहेको प्रहरीले जनाएको […]

चितवन । चितवनको खैरहनी नगरपालिकामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जना प्रहरी वरिष्ठ हवल्दारको मृत्यु भएको छ । आज बिहान २: ४० बजे खैरहनी–८ बाबा पेट्रोलपम्प स्थित पूर्व–पश्चिम राजमार्गमा मनहरीबाट खोलेसिमलतर्फ आउँदै गरेको बागमती प्रदेश०३–००३ प ६३७ नम्बरको मोटरसाईकल दुर्घटनामा परेको थियो । दुर्घटना कसरी भयो भन्ने नखुलेको प्रहरीले जनाएको छ । मोटरसाईकल दुर्घटना हुँदा […]

भक्तपुर । भक्तपुरको गठ्ठाघर दुर्घटनाको सत्यतथ्य जाँच गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले शुक्रबार छानबिन समिति गठन गरेको छ । बिहीबार दिउँसो गठ्ठाघर चोकनजिकै ना६ख २१७३ नंको ट्रकले बा३९प ८९४४ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुंगा चिशङ्खुगढी गाउँपालिका‐४ खहरे स्थायी घर भई हाल काठमाडौँ कपनमा बस्दै आएका ६५ वर्षीय उत्तम कोइरालाको घटनास्थलमै मृत्यु भएको थियो […]

काठमाडौं । बिहीबार भक्तपुरको गट्ठाघरमा भएको स्कुटर दुर्घटनामा ज्यान गुमाउने व्यक्तिलाई आफ्नो बहिनी भनेर दाबी गर्ने युवकलाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ । दोलखाको मेलुङ गाउँपालिका- ४ का करिब ३० वर्षीय शम्भु नेपालीलाई गएराति प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीविरुद्ध मुद्दा चलाउने तयारी गरेको छ । पक्राउ परेका उनी अहिले ठिमी प्रहरीको नियन्त्रणमा छन् […]

काठमाडौं- ग्रीनकार्डको प्रलोभन देखाएर मोरिसस पुर्‍याई महिला बेचबिखन गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापा कमल गाउँपालिका-१ का ५४ वर्षीय बुद्धिराज न्यौपाने रहेका छन्। उनलाई मानव बेचबिखन ब्युरोको टोलीले सोमबार काठमाडौं महानगरपालिका-७ गौरीघाटबाट पक्राउ गरेको हो। ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार न्यौपानेले एक महिलालाई २०८० माघ १३ गते नेपालबाट नयाँ […]

हेटौंडा, २७ साउन । बागमती प्रदेशको राजधानी हेटौँडामा शनिवारदेखि र्यापटिङ सेवा औपचारिक रूपमा सुरु भएको छ। राप्ती खोलामा सुरु गरिएको यो सेवा हेटौँडाको राप्तीपुलदेखि रजैया-ज्यामिरेसम्म सञ्चालन हुनेछ। यस अघि त्रिशूली नदीमा मात्र उपलब्ध रहेको र्यापटिङको अनुभव अब हेटौँडावासीले आफ्नै सहरमा लिन पाउने भएका छन्। नेचर स्पोर्टस एन्ड एडभेन्चर्स प्रा.लि.द्वारा सञ्चालित यो सेवाको परीक्षण यात्रामा मनहरी […]

काठमाडौँ । संविधानसभा सदस्य एवं वरिष्ठ उद्योगपति श्रवणकुमार अग्रवालको ७७ वर्षको उमेरमा निधन भएको छ । मारवाडी सेवा समितिका पूर्वअध्यक्ष अग्रवालको सोमबार राति सानेपास्थित आफ्नै निवासमा निधन भएको हो । उनी नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालका पिता हुन् । नेपाल उद्योग परिसङ्घले आज शोक विज्ञप्ति निकालेर उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ । स्वर्गीय अग्रवाल […]

काठमाडौँ । धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा ७ जना यात्रु घाइते भएका छन् । प्रहरीका अनुसार धादिङबेंसीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बस गजुरी–५ जरेखोला नजिक पहिरोमा परेको हो । प्रहरीका अनुसार घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पताल लगिएको र सबै उपचार पछि डिस्चार्ज भइसकेका छन् । माइक्रो बसमाथि […]

चितवन । भरतपुर महानगरपालिका- १ पोखरा बसपार्कमा मोटरसाइकल र कार ठोक्किँदा एक सैनिक जवानको मृत्यु भएको छ। नेपाली सेनाको नम्बर २ विपद् व्यवस्थापन गण रसौलीमा कार्यरत २७ वर्षीय सिपाही निगम नेपाली सार्कीको मृत्यु भएको हो । प्रहरीका अनुसार सोही गणमा कार्यरत २६ वर्षीय दिनेश थापा गम्भीर घाइते भएका छन् । गए राति बसपार्कबाट रामनगरतर्फ गइरहेको […]