रासस, चितवन ।  चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जंगलको जङ्गलको नजिकै कुमारी विकको घर छ। जंगलबाट निउरो टिप्ने र सडक किनारामा बसेर निउरो बेच्ने उनको दैनिकी बनेको छ। कुमारी तीन वर्षदेखि यही काम गरिरहेकी छन्। कुमारीसँगै अन्य आठ–दसजना राजमार्गको छेउमा लस्करै बसेर दैनिक निउरो, सालको पात, बेतलौरीका टुसा बेच्छन्। २०६१ मा गोरखाबाट चितवन झरेकी कुमारी […]

  ३० भदौ, काठमाडौं । स्याङ्जामा ३२ वर्षकी अपांगता भएकी महिलालाई सामूहिक बलात्कारको आरोपमा पुतलीबजार नगरपालिका-८ का २५ वर्षीय सुवास गुरुङ र २७ वर्षीय मदन गुरुङ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी पावलसिंह लामाका अनुसार भदौ २० गते वौद्धिक अपांग भएकी ती महिलालाई आफ्नै घरमा बसिरहेको अवस्थामा सामूहिक बलात्कारमा परेकी थिइन् […]

  ३० भदौ, काठमाडौं । काठमाडौंको तीनकुनेमा एकै परिवारका तीनसहित चार जनाको हत्या भएको छ । अनलाईन खबरका अनुसार गैह्रीगाउँको दिव्य स:मिलभित्र धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ । हत्या हुनेहरूमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा […]

      २८ भदौ, हेटौडा।  हेटौंडा उपमहानगरपालिका-१ स्थित सञ्चो हस्पिटलका  दुई जना चिकित्सकहरु कुटिएका छन् । बुधबार हस्पिटलका चिकित्सकहरू विकास थापा र प्रशान्त विडारीमाथि एचडीयु वार्डमा कुटपिट भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्य सेढाइले जानकारी दिए । एक महिनाअघि सञ्चो अस्पतालमा डेङ्गु परीक्षण गर्दा पुष्टि भएका हेटौंडा-१२, पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही […]

२२ भदौ, वालिङ । माछा मार्ने क्रममा आज बिहान करेन्ट लागेर वालिङ नपा–६ रसखोलास्थित आमडाली बस्ने ३६ वर्षीय यामबहादुर थापाको मृत्यु भएको छ । प्रहरीले माछा मार्न गएका अन्य चार जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा वालिङ–६ थापाडाँडा बस्ने ३६ वर्षीय तिलबहादुर थापा क्षेत्री, पाल्पाको रामपुर नपा–१० बस्ने ३७ वर्षका दीपेन्द्र अधिकारी, पर्वतको पैँयु […]