कास्की- पोखरा महानगरपालिका-६ लेकसाईडस्थित ४८ वर्षीय बिरेन्द्र लामाको हिमाली किचनमा जुवातास खेलिरहेको अवस्थामा बिरेन्द्र समेत ७ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार ५ सय ५७ रूपैयाँ, विभिन्न विदेशी मुद्रार २ सय १३ पत्ति ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान […]

कास्की । पोखरा महानगरपालिका-३२ मजुवाबाट अवैध रूपमा ल्याएको ५ किलो ६ सय ९० ग्राम तौलको चाँदीका गरगहना सहित भारत पुर्वी चम्पारण सुगौली थाना-१० घर भई हाल कास्की पोखरा महानगरपालिका-९ नयाँबजार बस्ने ३५ वर्षीय चन्द्र भूषण प्रसादलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरीले पोखरातर्फ आउँदै गरेको मिनिबसमा सवार […]

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका फरार मेयर देवकुमार नेपाली पक्राउ परेका छन् । सहकारी ठगी प्रकरणमा फरार रहेका मेयर नेपाली भारतको दिल्लीस्थित विमानस्थलबाट पक्राउ परेका हुन् । उनीमाथि इमेज सहकारीको बचत अपचलन गरेको आरोप छ । उनले यो सहकारीको एक अर्ब ८० करोड ठगी गरेर फरार भएका थिए । नेपालीले सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा […]

रासस / बागलुङ । बागलुङ नगरपालिका– ४ बन्द्रेमा गएराति आएको बाढीले बगाउँदा एक दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । कुँडुलेदेखि मालिका जाँदै गरेको ध२प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरका स्कुटर बगाएको हो ।  

  गलेश्वर । म्याग्दीको बेनी–दरबाङ सडकखण्डको लाम्पाटा रणबाङ क्षेत्रमा शुक्रबार साँझ पहिरो खस्दा सडक अवरुद्ध भएको छ। पहिरो खस्ने क्रम नरोकिएकाले यात्रु सास्ति खेप्न बाध्य छन्। बिरामीलाई बोकेर पहिरो पार गराउने गरिएको र यात्रु जोखिम मोलेर पहिरो पार गर्न गरिरहेका छन्। पश्चिम म्याग्दीको तीन पालिकासँगै बागलुङको पश्चिम क्षेत्र जोड्ने बेनी–दरबाङ सडकखण्ड शुक्रबारदेखि अवरुद्ध भएको हो। […]

बाग्लुङ । गत मङ्गलबार बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटामा खसेको पहिरोमा परी बेपत्तामध्ये थप एक जनाको शव फेला परेको छ । पहिरोमा अझै दुई जना बेपत्ता रहेका छन्। पहिरोमा परी बेपत्ता भएकी सात वर्षीया मधु बुढाको शव आज बिहान फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले १० वर्षीय मनोज बुढा र ११ वर्षीय सुमन थापा अझै […]

बेनी (म्याग्दी)/रासस- 1म्याग्दी र मुस्ताङलाई वैकल्पिक पदमार्गले जोड्ने धौलागिरि आइसफल पदमार्गका मनोरम तालतलैया ओझेलमा परेका छन्। विसं २०६८ मा पहिलो पटक सम्भाव्यता अध्ययन गरिएको यस पदमार्गको प्रवर्द्धन र पूर्वाधार निर्माण अभियानले पूर्णता नपाउँदा पदमार्गका मनमोहक तालहरू ओझेलमा परेका हुन्। पदमार्गका प्रमुख आकर्षणको रूपमा रहेको उच्च हिमाली क्षेत्रका ताल तलैया सुविधायुक्त पदमार्गलगायतका पर्यटन पूर्वाधारको अभावमा ओझेलमा […]

बागलुङ- बडिगाड गाउँपालिका–१० आरुपाटामा मङ्गलबार बिहान खसेको पहिरोमा परेका तीनजना बालबालिकाको अवस्था अझै अज्ञात छ। पहिरोमा परेका सात वर्षकी मधु र १० वर्षका मनोज बुढा तथा ११ वर्षका सुमन थापाको नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले खोजी गरिरहेको छ। पहिरोमा ज्यान गुमाएका ७८ वर्षीय जोगबहादुर बुढा, १४ वर्षीय यमलाल विक, […]

लेखनाथ, जेठ २९ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मङ्गलबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री पाण्डेको सिफारिसमा सांसद राजीव गुरुङ भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था र सांसद फणीन्द्र देवकोटा ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री बन्नुभएको छ । उहाँहरू दुवैलाई मङ्गलबार प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । गुरुङ […]

  म्याग्दी, जेठ २८/रासस/ ८ वर्षअघि निर्माण सुरु भएको राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक योजनाको ८० प्रतिशत भौतिक प्रगति भएको छ। भारतीय सिमानामा रहेको त्रिवेणी र चीनको कोरला नाकालाई जोड्ने गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको यो सडक पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिक विकासका लागि महत्वपूर्ण मानिएको छ। पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङको कोरला […]