जनकपुर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं प्रस्थान गरेका छन् । जनकपुरस्थित बिमानस्थल हुदैँ माओवादी अध्यक्ष प्रचण्ड काठमाडौं प्रस्थान गरेको नेता मातृकाप्रसाद यादवले जनाएका छन । तराइ मधेसको हुलाकी राजमार्ग केन्द्रित आन्दोलन अचानक स्थगित गरेर प्रचण्ड काठमाडौं आउन लागेका हुन् । उनले हिजो रौतहटमा स्थगित हुनु अघिको अन्तिम कार्यक्रममा सहभागी […]
डोटी । गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् । भूकम्पीय पुनर्निर्माण तथा पुनस्र्थापना आयोजना कार्यान्वयन एकाइ कार्यालयको उद्घाटन गर्न अछाम जाने क्रममा नेपाल प्रेस युनियन डोटीले शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले यस्तो दाबी गरेका हुन् । उनले भने, ‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन, लोकतन्त्रको विकल्प कुनै निरङ्कुशता हुन सक्दैन […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कर्णाली प्रदेश सभालाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज अपराहन्न २ बजे प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश सभालाई सम्बोधन गर्ने भएका हुन् । योसहित प्रधानमन्त्री ओली आज सुर्खेतमा विभिन्न कार्यक्रममा सहभागी हुदै छन् । उनले प्रदेशसभामा सम्बोधन गर्नुअघि मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहमा सहभागी हुदै […]
काठमाडौं । राष्ट्रिय सभाबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१ स्वीकृत भएको छ । विहिबार बसेको राष्ट्रिय सभा बैठकले सो अध्यादेश बहुमतले स्वीकृत गरेको हो । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायत विपक्षीदलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, नेपाल मजदूर किसान पार्टी र आम जनता पार्टीले अध्यादेश […]
काठमाडौं, २१ फागुन । प्रतिनिधिसभाको बुधबारको बैठक मुख्यतः तीन विषयले तातेको छ । आकस्मिक र शून्य समयमा आआफ्नो धारणा राख्दै सांसदहरूले तीन विषयमा धेरै चासो राखेका छन् । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यसम्पादन मूल्यांकनमा शून्य नम्बर दिएको र उनलाई सरकारले हटाउन खोजेको भन्दै विपक्षी सांसदहरूले सरकारको आलोचना गरे । माओवादी […]
काठमाडौँ । नेकपा एमालेका नेता तथा सांसद गोकुल बास्कोटाले पृथ्वीनारायण शाहका खलक हुदैमा सबै शाहलाई उस्तै सम्मान नदिने बताएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै बास्कोटाले पुनरुत्थानवादीहरुको चैतमा तताउने बैशाखमा सकाउने योजना चै सफल हुदैन भन्दै पृथ्वीनारायण शाहका खलक हुदैमा सबै शाहलाई उस्तै सम्मान नदिने बताएका हुन् । बास्कोटाले पृथ्वीनारायण शाहले नेपाल बनाएर ईतिहास […]
नेपालगंज । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा आन्दोलन परिचालन समितिको संयोजक डा. धवल शम्शेर राणाले राजसंस्था र सनातन हिन्दु अधिराज्य स्थापनाको लक्ष्य प्राप्त नगरेसम्म जारी अभियान नरोकिने बताएका छन् । ‘हामी सबैले प्रण गरौं, राजा सहितको प्रजातन्त्र र विश्वको एक मात्र हिन्दु राष्ट्रको रुपमा रहेको नेपाललाई सोही अवस्थामा नफर्काएसम्म हामी विश्राम लिने छैनौं,’ महामन्त्री […]
काठमाडौं, १९ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रुपन्देही पुगेका छन् । नेपाली कांग्रेस सूचना तथा सञ्चार विभागले आयोजना गरेको कार्यक्रममा सहभागी हुन देउवा पत्नी आरजु राणा देउवाका साथमा सोमबार बिहान विमानमार्फत भैरहवा पुगेका हुन् । देउवा र परराष्ट्रमन्त्रीसमेत रहेकी राणालाई कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणलगायतले भैरहवा विमानस्थलमा स्वागत […]
काठमाडौँ । शेष घलेको नेतृत्वमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन गराउन परराष्ट्र मन्त्रालयले पत्राचार गरेको छ । सर्वोच्च अदालतको परमादेश र फैसला कार्यान्वयन निर्देशनालयले हालै गरेको पत्राचारका आधारमा परराष्ट्र मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले सहसचिव अरुणा जोशीलाई प्रतिनिधि तोकेर पत्राचार गरेको हो । यसलाई एनआरएनएको एकता महाधिवेशन गराउन सरकारको साथ र समर्थनको रुपमा पनि […]
काठमाडौं, १८ फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू फेरि पनि पार्टीको सभापति पदमा उठ्ने बताएका छन् । आइतबार सुर्खेतमा पत्रकारहरूसँग कुराकानी गर्दै उपप्रधान तथा सहरी विकास मन्त्रीसमेत रहेका सिंहले १५औं महाधिवेशनमा उठ्न सक्ने बताएका हुन् । १४औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएकाले अब त्यसभन्दा तलको पदमा दाबी नगर्ने उनको भनाइ छ । ‘महामन्त्री […]











