काठमाडौं, १० बैशाख । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।   आगामी वैशाख १७ गतेका लागि बोलाइएको केन्द्रिय समिति बैठक अर्को सूचना प्रकाशित नहुञ्जेल सम्मका लागि स्थगित गरिएको हो ।   मुख्य सचिव कृष्ण प्रसाद पौडेलले केन्द्रिय समिति बैठक स्थगित गर्नु पर्नुको कारण खुलाएको छैनन् ।   सभापति शेरबहादुर […]

  काठमाडौं, १० बैशाख । राष्ट्रपति रामचन्द्र पौडलले भारतको जम्मू–काश्मीरस्थित पहलगाममा भएको आतंकवादी हमलाप्रति दुख व्यक्त गरेका छन्। हिजो पहलगाममा घुम्न गएका एक नेपाली पर्यटकसहित २६ जनाको सामुहिक हत्या गरिएको घटना प्रति राष्ट्रपति पौडेलले निन्दा गरेका हुन् । ‘निर्दोष व्यक्तिलाई लक्षित गरी गरिएको यस्तो हिंसात्मक कार्य पूर्णतया निन्दनीय छ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन । राष्ट्रपति […]

  काठमाडौं, १० बैशाख । संघीय संसदका तीन समितिको बैठक बस्दैँछ ।   संघीय संसद सचिवालयका अनुसार सिंहदरवारस्थित समितिका कार्यालयमा ती बैठक बस्नेछन् ।   जसअनुसार अर्थ समितिको बैठकमा आगामी आर्थिक बर्षको बजेट सम्बन्धमा अर्थ मन्त्रालय र योजना आयोगसँग छलफल हुनेछ, जुन बैठक बिहान ११ः०० बजे बोलाइएको छ। राज्य व्यवस्था तथा सुशासन समितिको बैठक भने […]

  काठमाडौं, ९ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले एक दिन पनि सरकारको नेतृत्वमा बस्ने हैसियत र औचित्य गुमाइसकेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आरोप लगाएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७७औं स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो आरोप लगाएका हुन् । […]

  काठमाडौं, ९ बैशाख । राष्ट्रियसभा सदस्य डा. अन्जान शाक्यले केही सञ्चारमाध्ययममा आएका समाचारको खण्डन गरेका छन् ।   शिक्षामन्त्री विद्या भट्टराईले राजिनामा दिएपछि उनको स्थानमा शाक्य मन्त्री बन्ने भन्दै केही सञ्चारमाध्ययममा समाचार आएपछि उनले सामाजिक सञ्जालमार्फत खण्डन गरेकी हुन ।   ‘म स्वयंलाई समेत जानकारी नभएको, रुचि नभएको र मेरो विज्ञता पनि नभएको मन्त्रालयसँग […]

  काठमाडौं, ९ बैशाख । संघीय संसदका तीन समितिको बैठक बस्दैँछ ।   संसद सचिवालयका अनुसार तीनै समितिको बैठक सिंहदरवारस्थित समितिका कार्यालयमा बस्नेछन् । जस अनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो २ः३० बजेवाट सुरू हुनेछ । जुन बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि कर्मचारी […]

  बिशाल बस्नेत/ न्युज कारखाना महोत्तरी ८ बैशाख । विश्व प्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर लेनिनको स्मृतिमा शताब्दी वर्ष मनाउन महोत्तरीका कम्युनिस्ट घटक पाँच दल गृहकार्यमा जुटेका छन । ९ बैशाखमा शताब्दी पुग्ने दिनलाई मध्यनजर गर्दै `लेनिनवादको आलोकमा नेपाली समाजवादी क्रान्ती´ विषयमा भब्य अन्तर्कृया कार्यक्रमको आयोजना गरिएको हो । बर्दिवासस्थित विनायक व्याङक्विटमा आयोजित उक्त कार्यक्रममा […]

  काठमाडौं, ८ बैशाख । संघीय संसदका २ समितिको बैठक बस्दैँछ ।   संघीय संसद सचिवालयका अनुसार ती दुवै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछन् ।   जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ः०० बजे बोलाइएको छ । जुन बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का […]

  काठमाडौं, ७ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू सिंहदरबारमा ‘नजरबन्द’मा परेका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा उनीहरू नजरबन्दमा परेका हुन् ।   उनीहरूका अनुसार दलको कार्यालयबाट प्रहरीले निस्कन दिएका छैनन् । नयाँ बानेश्वरस्थित केन्द्रित आन्दोलनमा जान खोजिरहेको बेला प्रहरीले उनीहरूलाइ रोकेको हो ।