काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई कारबाही गर्नुपर्ने आवाज उठेको छ। सिंहदरबारमा जारी बैठकमा नेपाल समाजवादी पार्टी, नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वराजा शाहलाई कानुनी कारबाही गर्नुपर्ने धारणा राखेका हुन्। चैत १५ गते पूर्वराजाकै उक्साहट र निर्देशनमा हिंसात्मक प्रदर्शन भएको भन्दै उनले कारबाही गर्नुपर्ने धारणा […]
काठमाडौं, १७ चैत । प्रतिपक्ष दलले संसद बैठक चल्न नदिएकाले सरकारले १५ चैतमा भएको घटनाबारे जानकारी दिन नसकेको आरोप सत्तापक्षले लगाएको छ । आज पनि प्रतिपक्षले संसद अबरोध गरे पछि गृहमन्त्री रमेश लेखकले १५ चैतमा भएको राजावादीहरूको हिंसात्मक प्रदर्शनबारे संसदलाई जानकारी दिन नसकिएको बताएका हुन् । `संसद चल्न दिईएन, नत्र गृह मन्त्रीज्यूले आज […]
काठमाडौं, १७ चैत । सभामुख देवराज घिमिरे र प्रमुख दलका प्रमुख सचेतकहरूसँगको बैठक सकिएको छ। बैठकमा एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्रीले भोलि १८ गतेको बैठकमा सम्बोधन गर्ने जानकारी गराएका थिए भने उनले संसद अवरोध खुलाउने विषयमा प्रधानमन्त्री र विपक्षी दलका नेताबीच टेलिफोन संवाद भएको जानकारी दिए। उनका अनुसार प्रधानमन्त्री ओलीले आज नै सर्वदलीय […]
काठमाडौं, १७ चैत । संघीय संसदका दुबै सदनका बैठक बस्दैछ ।चार दिन देखि स्थगित हुँदै आएको प्रतिनिधि सभा र राष्ट्रियसभाको बैठक बस्न लागेको हो। जसअनुसार प्रतिनिधिसभाको बैठक बिहान ११:०० बजे बस्नेछ भने राष्ट्रियसभाको बैठक ११:१५ बजे बस्नेछ।
काठमाडौं, १६ चैत । तीनकुनेमा भएको राजावादीहरूको हिंस्रक प्रदर्शनबारे छानबिन गर्न उच्च स्तरीय आयोग बनाउनु पर्ने माग गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको आज बसेको केन्द्रिय सचिवालय बैठकले सो माग गरेको हो । तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा शुक्रबार दिउँसो देखी साँझसम्म अराजक र हिंस्रक घटनामा संलग्न दोषीहरूलाई कानूनी दायराभित्र ल्याई यथोचित […]
कैलाली । आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरीले पदबाट राजीनामा दिएका छन् । मन्त्री चौधरीले शनिबार आफ्नो पदबाट राजीनामा दिएका हुन् ।
काठमाडौं । संसद गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले छलफल तिब्र पारेका छन् । सभामुख घिमिरेले बानेश्वरस्थित संघीय संसद भवनमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरे पनि अझै निकास निस्कन सकेको छैन । बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरासिया पनि सहभागी रहेका छन् । हिजो बिहान ११ः०० बजेका लागि तय […]
काठमाडौं, १५ चैत । समाजवादी मोर्चाको जनसभामा शिर्ष चार नेताले मात्रै सम्बोधन गर्ने भएका छन् । जसअनुसार मोर्चामा आबद्द नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले सम्बोधन गर्ने भएका हुन् । जसका लागि समाजवादी मोर्चाले […]
काठमाडौं, १५ चैत । प्रतिनिधिसभा बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । संघीय संसद सचिवालयका अनुसार सो बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ। संसद सचिवालयका अनुसार आजको बैठकमा अर्थ, गृह, भौतिक पुर्वाधार तथा […]
काठमाडौं, १४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका कामलाई सफल बनाउन सरकारका तर्फबाट आवश्यक सबै सहजीकरण हुने प्रतिबद्धता व्यक्त गरेका छन । जवाफदेहीता निगरानी समिति र द्वन्द्धपीडित सङ्गठनहरुद्वारा आज आयोजित सङ्क्रमणकालीन न्यायसम्बन्धी राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका यसअघिका कामहरु किन सफल भएनन् भन्ने समीक्षा […]









