काठमाडौँ, असोज २५ गते । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँ पर्वले सम्पूर्ण नेपालीहरू बीचको सामाजिक–सांस्कृतिक ऐक्यबद्धतालाई सुदृढ गर्दै न्यायपूर्ण‚ समतामूलक‚ सभ्य एवं सुसंस्कृत समाज निर्माणका लागि क्रियाशील रहन प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ । बडादसैँका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले यस वर्ष दसैँको पूर्वसन्ध्यामा आइपरेको […]
काठमाडौं । सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सरकारमा भूमिका विहीन बनाइएको भन्दै असन्तुष्टि जनाएको छ । सधैं भूमिकाविहीन बनाइरहे सरकार छाड्ने चेतावनी नाउपाले दिएको छ । नाउपाले केन्द्र सरकारमा पर्यटन राज्यमन्त्री पाएको छ । अरुण कुमार चौधरी राज्यमन्त्रीको जिम्मेवारीमा छन् । तर कामविहीन बनाइएको गुनासो उनको छ । यसैगरी सुदूरपश्चिम प्रदेश सरकारमा उद्योग, […]
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीलाई आघात पुग्ने कुनै पनि क्रियाकलाप गर्ने–गराउनेलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने चेतावनी दिएकी छन् । अध्यक्ष श्रेष्ठले पार्टीका केही सदस्य साथीहरूले आफ्नो पदीय मर्यादा समेतलाई ख्याल नराखी पार्टी नेतृत्वलाई जथाभाबी गालीगलौज गर्ने, अपुष्ट र नभएको कुरा लेखेर सामाजिक सञ्जालमा पोस्ट गर्ने प्रवृत्ति देखिएको उल्लेख […]
काठमाडौँ । राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष प्रेमलाल महर्जनले अनुचित तरिकाले भाडा बढाएका वायुसेवा कम्पनीहरुलाई कारवाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । अध्यक्ष महर्जनलले प्रधानमन्त्री ओलीलाई पत्र लेख्दै बढी भाडा लिने विमान कम्पनिलाई कारवाही अग्रण र यात्रुबाट असूल गरेको बढी भाडा फिर्ता दिलाउन समेत माग गरेका छन् । उनले प्रधानमन्त्रीलाई लेखेको पत्रमा भनेका […]
हेटौडा । वाग्मती प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको छ । बुधबार राति १२ बजेदेखि लागू हुनेगरी प्रदेशसभाको दोस्रो कार्यकालको चौथो तथा १४औं अधिवेशन अन्त्य गरिएको हो । वाग्मती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद दोवकोटाले संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश अधिवेशन अन्त्य गरेको विज्ञप्तिमार्फत जानकारी गराएका छन् । मंगलबार बसेको प्रदेश […]
कर्णाली । कर्णाली प्रदेशसभाको चौथो अधिवेशन गएराति १२ बजेदेखि लागू हुनेगरी अन्त्य भएको छ । कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशन बुधबार राति १२ बजे लागू हुनेगरी प्रदेश प्रमुख यज्ञराज जोशीले अधिवेशन अन्त्य गरेको जानकारी दिइन । प्रदेश सभाको चालु अधिवेशनमा […]
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै सचिवालय बैठक बोलाएका हुन् । बिहान ११ बजे बस्ने बैठकमा देशभर बाढीपहिरोले गरेको क्षति, उद्धार र राहतका सम्बन्धमा छलफल हुने बताइएको छ ।
काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । कांग्रेसले आज संसदीय दलको कार्यसमिति र संसदीय दलको बैठक आज बस्न लागेको जनाएको हो । संसदीय दलको कार्यसमितिको बैठक दिउँसो १ बजे र संसदीय दलको बैठक दिउँसो २ बजे बस्ने बताइएको छ। दुवै बैठक सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्ने कांग्रेस संसदीय दलले […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर आज स्वदेश फर्किदै छन् । प्रधानमन्त्री ओली स्वदेश फर्कने क्रममा आइतबार अमेरिकाको बोष्टनबाट कतारको दोहा प्रस्थान गरेका थिए । उनी कतारबाट आज काठमाडौँ आइपुग्ने छन् । प्रधानमन्त्री ओली राष्ट्रसङ्घको महासभामा भाग लिन असोज ४ गते अमेरिकाको न्यूयोर्क तर्फ प्रस्थान गरेका थिए । अमेरिकामा […]
काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकले प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरुको विरुद्ध प्राप्त उजुरीको विषयमा छलफल गर्ने कार्यसूची छ। बैठकमा प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरुले पेश गरेको कार्ययोजना समितिका सदस्यहरूलाई वितरण गरिने छ । साथै आजको बैठकले प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया अगाडी बढाउन संसदीय सुनुवाइ […]












