काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओली आज स्पेनको औपचारिक भ्रमणका लागि निस्कदैँ छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज युरोपेली मुलुक स्पेनको भ्रमणमा निस्कन लागेका हुन् । स्पेनको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्रीले असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागिता जनाउने छन् । […]
काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटालीको रोममा यही जुन २८ देखि जुलाई ४ सम्म आयोजना हुने खाद्य तथा कृषि सङ्गठन (एफएओ) सम्मेलनको ४४ औँ सत्रमा सहभागी हुन शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन् । सो सम्मेलनको प्रमुख सत्र र यसका दौरानमा आयोजना हुने अन्य उच्चस्तरीय कार्यक्रमहरूलाई उनले सम्बोधन गर्ने कार्यक्रम छ ।
काठमाडौँ, असार १२ गते । प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी शनिबार त्यसतर्फ जाँदै हुनुहुन्छ । उहाँले स्पेनको औपचारिक भ्रमणका क्रममा त्यहाँ यही असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा भाग लिनुहुनेछ । प्रधानमन्त्रीको औपचारिक भ्रमणको सम्पूर्ण तयारी पूरा […]
काठमाडौं, ११ असार । नेकपा एमालेको सचिवालय बैठक बस्दैँछ । ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बुधबार अपराह्न १ बजे सचिवालय बैठक बस्न लागिएको हो । एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार बैठकमा विधान महाधिवेशनको तयारी, समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने जनाइएको छ । एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन […]
काठमाडौं, १० असार । सत्तारूढ दलहरूको संयुक्त बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा सत्तारूढ दलको संयुक्त बैठक बसेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनमत पार्टीका अध्यक्ष सिके राउत, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष अशाेक राइ, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता […]
काठमाडौं, १० असार । प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ। आजको बैठकबाट विनियोजन विधेयक, २०८२ पारित गरिने भएको छ। जसअनुसार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । बैठकमा […]
असार – उच्चस्तरीय छानबिन समिति गठन र गृहमन्त्रीको राजीनामा माग गर्दै रास्वपा र राप्रपाले विरोध जारी राखेका छन्। यी दुवै दलले आजको संसद् बैठक बहिष्कार गरे। रास्वपाका सांसद शिव नेपालीले भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीबारे छानबिनको माग गरे। काठमाडौँ । भिजिट भिसा प्रकरणबारे उच्चस्तरीय छानबिन समिति गठन र गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्ष दलहरू […]
काठमाडौं, ७ असार । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले संघीय परिषदको बैठक आजवाट पनि जारी रहनेछ । हिजाे अर्थात असार ६ बाट ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा उक्त बैठक बसिरहेकाे छ । युवा नेता दुर्गा सुबेदीका अनुसार पार्टी गठन भएपछि पहिलो पटक बसिरहेकाे संघीय परिषद्को बैठकमा पार्टीका संघीय परिषद् अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले पार्टीको नीति, सिद्धान्त र […]
काठमाडौं, ६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा पेट्रोलियम पदार्थको स्रोत फेला परेको खबरले आफूलाई खुसी बनाएको बताएका छन् । ओलीले शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ओलीले यस अघि आफूले प्रधानमन्त्री हुँदादेखि दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण सुरु गराएका दिनहरू सम्झिएको उल्लेख गरेका हुन । ‘दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु […]
काठमाडौं, ६ असार । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले संघीय परिषदको बैठक आजवाट सुरु हुदैँछ । असार ६ र ७ गते ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बस्न लागेको युवा नेता दुर्गा सुबेदीले जानकारी दिएका छन् । उनका अनुसार पार्टी गठन भएपछि पहिलो पटक बस्न लागेको संघीय परिषद्को बैठकमा पार्टीका संघीय परिषद् अध्यक्ष […]










