काठमाडौँ, असार ३० गते । नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बिच असार १७ गते भएको सहमति अनुसार आइतबारदेखि नयाँ सत्ता सहकार्य आरम्भ हुँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शुक्रबार नयाँ सरकार गठनका लागि दाबी पेस गरेका दुई दलको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएपछि नयाँ चरणको सत्ता यात्रा प्रारम्भ हुने छ । […]
धनगढी । सुदूरपश्चिमका तीन राजनीतिक दलद्वारा मुख्यमन्त्री दीर्घबहादुर सोडारीको तत्काल राजीनामा माग गरेका छन् । नयाँ गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीले आज धनगढीमा संयुक्त रूपमा पत्रकार सम्मेलन गरी मुख्यमन्त्री सोडारीको राजीनामा मागेका हुन् । कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले भने, ‘नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परिसक्नुभएको छ । […]
२६ असार, काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे दलकै कार्यालयमा बस्न लागेको हो । बैठकमा यही असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिने विश्वासको मतबारे छलफल हुने नेकपा माओवादी केन्द्रकी सचेतक रुपा सोशी चौधरीले जानकारी दिइन् । नेकपा एमालेले माओवादी केन्द्रसँगको सत्ता साझेदारी […]
काठमाडौँ, असार २५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका महामन्त्री डा. मुकुल ढकाललाई पदबाट बर्खास्त गरेको छ । मङ्गलबार पार्टी केन्द्रीय कार्यालय बालाजुमा बसेको केन्द्रीय समितिको बैठकले महामन्त्री ढकाललाई महामन्त्री, केन्द्रीय सदस्य र पार्टी प्रवक्ताको जिम्मेवारीबाट बर्खास्त गर्ने निर्णय गरेको हो । पार्टीको निर्णय सुनाउनुहुँदै कार्यवाहक प्रवक्ता मनिषा झाले केन्द्रीय समितिमा भएको छलफलका आधारमा […]
काठमाडौँ, असार २५ गते । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, नेताहरूको कार्य विभाजन र सरकारबारे छलफल हुनेछ । साथै नेपाली काँग्रेस र नेकपा एमालेबिचको सहमतिबारे पनि छलफल हुने बताइएको छ । नेपाली काँग्रेस र नेकपा एमालेबिच नेकपा […]
काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेको केन्द्रीय सत्ता समीकरणको सहमतिले सातै प्रदेश सरकार प्रभावित तुल्याएको छ । यही असार १७ मा कांग्रेस र एमालेबिच सत्ता समीकरण बनेपछि प्रदेश सरकारमा पनि उलटफेर हुने परिस्थिति बनेको हो । एमाले र जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको केन्द्रीय सरकार अल्पमतमा […]
काठमाडौं । नेकपा (एमाले) को आइतबार बसेको संसदीय दल बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल पदबाट राजीनामा दिनुपर्ने सुझाएको छ । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री दाहालले तत्काल राजीनामा दिनुपर्ने माग गरेको बताए । उनले प्रधानमन्त्रीले राजीनामा नदिए विश्वास मतको विपक्षमा एमालेले मतदान गर्ने जनाए । उनले राष्ट्रिय सहमतिको सरकार बनाउनका लागि मार्गप्रशस्न गरिदिन […]
दाङ/ ईकान्तिपुर—लुम्बिनी प्रदेश सरकारमा सहभागी एमालेका पाँच मन्त्रीले राजीनामा दिएका छन् । मुख्यमन्त्री जोखबहादुर महरालाई दिएको समर्थन फिर्ता लिने संसदीय दलको निर्णयसँगै मन्त्रीहरुले राजीनामा पत्र बुझाएका हुन् । एमालेका संसदीय दलका नेता लीला गिरीका अनुसार मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ताको जानकारी प्रदेशसभाका सभामुख तुलाराम घर्तीलाई बुझाइएको र मन्त्रीको राजीनामा मुख्यमन्त्री जोखबहादुर महराको सरकारी निवासमै पुगेर […]
देउखुरी (दाङ) ईकान्तिपुर — केन्द्रमा कांग्रेस-एमाले सत्ता गठबन्धन भएपछि लुम्बिनी प्रदेश सरकारबाट एमाले बाहिरिने तयारी गरेको छ । २०८० चैत २३ गते माओवादी संसदीय दलका नेता जोखबहादुर महरा एमालेसहित पाँच दल र एक स्वतन्त्र गरी ४८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । महरा नेतृत्वको सरकारमा एमालेबाट पाँच जना मन्त्री छन् । `हामी आन्तरिक छलफलमा […]
काठमाडौँ — अभद्र व्यवहार गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपाले० महामन्त्री तथा प्रवक्ता डा। मुकुल ढकाललाई कारबाही गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री ढकाललाई अनुशासनात्मक कारबाही गर्दै केही दिनलाई पदीय जिम्मेवारीबाट समेत निलम्बन गरेको छ ।










