काठमाडौं, २१ चैत । संघीय लोकतािन्त्रक मोर्चाको भावी नेतृत्वमा जनमत पार्टीका अध्यक्ष सिके राउतले दावी गरेका छन् । तराइ मधेस केन्द्रित दल मध्ये संसदको सबैभन्दा ठुलो दलको हैसियतले राउतले दावी गरेका हुन् । उनले आलोपालो अध्यक्षता नगरेर मोर्चाको नेतृत्व गर्नै परेको खण्डमा संसदको सबैभन्दा ठुलो दलको नाताले जनमतले पाउनु पर्ने दावी प्रस्तुत गरेका हुन् […]
काठमाडौं, २१ चैत । संघीय संसद अन्तर्गतका ६ वटा समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालयका अनुसार यी सबै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ । यी सबै समितिका बैठक बिहान ११ः०० बजे देखी ११ः३० बजेका लागि बोलाइएको छ । जसअनुसार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति […]
काठमाडौं, २१ चैत । तराइ मधेस केन्द्रित दलहरूले आज संघीय लोकतान्त्रिक मोर्चाको घोषणा गर्ने भएका छन् । आज औपचारिक रूपमा घोषणा हुन लागेको मोर्चामा संघीय संसद भित्र र बाहिरका ७ तराइ मधेस केन्द्रित दल रहनेछन् । मोर्चाको नाम संघीय लोकतान्त्रिक मधेसी मोर्चा राखिएको बुझिएको छ । यसअघि ८ दलको मधेसी मोर्चाको […]
बाँके, २० चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली महिलाले गरेको बलिदानीपूर्ण आन्दोलन नेपालमा मात्र नभई विश्व राजनीतिमै प्रेरणाको स्रोत बनेको बताएका छन । बाँकेमा अनेमसंघ क्रान्तिकारी लुम्बिनीको दोस्रो प्रदेश सम्मेलन उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन । हिजो जनयुद्धको बेलामा महिला सहभागिता बढाउन सकिएन भने क्रान्ति सफल हुँदैन भन्ने […]
बाँके, २० चैत । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरू नेपालगन्ज आइपुगेका छन । अनेमसंघ क्रान्तिकारी लुम्बिनी प्रदेशको दोस्रो सम्मेलनमा सहभागी हुन बाँके पुगेका अध्यक्ष प्रचण्ड भोली देखी पुनः सुरू हुने ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’मा सहभागी हुनेछन् । भोली र पर्सी बाँके र बर्दियामा हुने कार्यक्रममा सहभागी हुने […]
काठमाडौं, २० चैत । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालयका अनुसार आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैँछ । जुन बैठक बिहान ११ः०० बजे बोलाइएको छ। सबन्धित समितिको सचिवालयका अनुसार आजको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० […]
काठमाडौं, १९ चैत । प्रतिनिधिसभा बैठक बस्दैँछ ।संघीय संसद भ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजेका लागि बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोग र मुस्लिम आयोगको छैटौं बार्षिक प्रतिबेदन, २०८०÷८१ पेश गर्नेछन् । सस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्रिप्रसाद पाण्डेले ‘नेपाल हवाइ […]
काठमाडौँ, १९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्दैछन् । उनी दिउँसो १ बजे थाइल्याण्डको राजधानी बैंककतर्फ प्रस्थान गर्नेछन् । प्रतिनिधिसभाको हिजोको बैठकमा सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले कुटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि नेपालको प्रधानमन्त्रीको पहिलो पटक थाइल्याण्डको औपचारिक […]
काठमाडौं – राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कथा र शब्दजालले अब मानिस नपत्याउने बताएका छन्। उनले युवापुस्ता यो व्यवस्थाप्रति सचेत र परिचित रहेको बताएका छन्। उनले अब युवापुस्ताले गणतन्त्र उल्ट्याउने बताए। प्रतिनिधिसभामा बोल्दै उनले गणतन्त्रको नाममा लूट मच्चाइएको भन्दै यो अब युवापुस्ताले नमान्ने बताए। उनले उड्ने प्लेनदेखि बस्ने प्लेन ठाउँसम्म कमिसन खाएको र भ्रष्टाचार गरेको कतै नछिपेको […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई कारबाही गर्नुपर्ने आवाज उठेको छ। सिंहदरबारमा जारी बैठकमा नेपाल समाजवादी पार्टी, नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वराजा शाहलाई कानुनी कारबाही गर्नुपर्ने धारणा राखेका हुन्। चैत १५ गते पूर्वराजाकै उक्साहट र निर्देशनमा हिंसात्मक प्रदर्शन भएको भन्दै उनले कारबाही गर्नुपर्ने धारणा […]










