सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेललले आज विश्वासको मत लिने तयारी गरेका छन्। नेपालको संविधानको धारा १८८ को उपधारा ९२० बमोजिम आफूलाई विश्वास छ भन्ने स्पष्ट पार्न आवश्यक ठानेकाले विश्वासको मत लिने प्रयोजनका लागि सो सम्बन्धी विषयको प्रस्ताव साउन २१ गते राख्ने व्यवस्था मिलाउन शनिवार नै मुख्मयन्त्री कँडेलले प्रदेश सभा सचिवालयलाई पत्र पठाइसकेका […]

काठमाडौं ।कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सोमबार विश्वासको मत लिने भएका छन् । आगामी साउन २१ गते विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्री कँडेलले शनिबार प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका छन् । कँडेलले प्रदेश सभाबाट दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । उनले यसअघि गते वैशाख १३ गते विश्वासको मत लिएका थिए । केन्द्रमा […]

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर- १३ स्थित करेखोला बस्ने खम्म बुढाको कच्ची घर वर्षातको कारण भत्किन च्यापिएकी शुशिला बुढाको उद्धार गरिएको छ । प्रहरीले करिब १५ बर्षकी बुढाको सकुशल उद्धार गरी थप उपचारका लागी कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पुर्‍याईएको छ ।

जाजरकोट, साउन ४ गते । जाजरकोटमा खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् । बारेकोट गाउँपालिका –३ बुढागाउँ बस्ने भक्तबहादुर बुढाका १३ वर्षीय छोरा महेन्द्र बुढा स्याली खोलाले बगाउँदा बेपत्ता भएका हुन् । बिहीबार गाईवस्तु चराउन गएका महेन्द्रलाई स्याली खोलाले बगाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी पुरुषाेत्तम पाण्डेले गाई चराउन जाँदा […]

जाजरकोट, साउन २ गते । जाजरकोटमा पहिरोले भूकम्प पीडितको अस्थायी टहरा पुरिँदा ४ जना गम्भीर घाइते भएका छन् । जिल्लाको कुशे गाउँपालिका ८ दल्लेनाका दलसरी थापा र विष्णु थापाको अस्थायी टहरामा माथि वाट पहिरोले परेर उनीहरु घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी पुरुषाेत्तम पाण्डेका अनुसार घाइते हुनेहरूमा सोही स्थानका वर्ष ३५ […]

रुकुम पश्चिम, साउन १ गते । रुकुम पश्चिममा गए राती आएको बाढीले घर बगाउँदा मृत्यु भएका तीन बालिकाको शव निकालिएको छ । आठविसकोट नगरपालिका वडा नम्बर १२ को झिन्चौर बगरमा तातोपानी र झिन्चौर खोलाको बाढीले घर बगाउँदा घरमै पुरिएर मृत्यु भएका तिन बालिकाको शव निकालिएको हो । नगर प्रमुख रबी केसीका अनुसार बाढीले घर बगाउँदा […]

२६ असार, रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिका ६ स्यालामा मिनी ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो । तरकारी लिनका लागि गएको रा१ख २१३१ नम्बर मिनीट्रक मंगलबार राति साढे ११ बजे गाडी फर्किने क्रममा दुर्घटना भएको हो । मृत्यु हुनेमा रुन्टीगढी गाउँपालिका-६ निगालपानी निवासी अन्दाजी ३२/३३ वर्षीय महेश थापा रहेको इप्रका होलेरीका इञ्चार्ज देवीप्रसाद […]

काँक्रेविहार (सुर्खेत), असार १७ गते । भेरी नगरपालिका–४ इवरमा पहिरोले पुरिँदा पाँच वर्षीय प्रिन्स विकको निधन भएको छ भने उनका बुबा रमेश घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक दलबहादुर विष्टका अनुसार विकका बाबुछोरा पहिरोले घरमै च्यापिँएका थिए । प्रिन्सको घटनास्थलमै निधन भएको बताइएको छ । घाइते रमेशको जिल्ला अस्पतालमा उपचार […]

    १४ असार, मान्म (कालीकोट) । जिल्लाको नरहरिनाथ गाउँपालिकाको वडा नं १ कोटवाडा र वडा नं ६, ७, ८ र ९ लालु, माल्कोट जोड्ने रहगाड खोलाको झोलुङ्गे पुल नबन्दा स्थानीयलाई सास्ती भएको छ । झोलुङ्गे पुल बनाउन स्थानीय सरकारले चासो नदिँदा आवागमनमा समस्या भएको हो । विसं २०७८ को बाढीले झोलुङ्गे पुल बगाएपछि कुनै […]

सर्लाही, असार ११ गते । प्रहरीले सर्लाहीको चुरेभेगस्थित लालबन्दी नगरपालिका–१५, बोहोरेडाँडाबाट पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ५० वर्षीय रामलाल मोक्तान छन् । इलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी निरीक्षक सुजन पाठकको नेतृत्वमा खटिएको लालबन्दी प्रहरीको टोली र मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट समेत खटिएको प्रहरी टोलीले मोक्तानलाई घरबाटै हतियारसहित नियन्त्रणमा लिएको […]