काठमाडौं, जेठ ३ गते । स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोलामा रु. एक हजार छ सयले बढेर रु एक लाख ४० हजार पुगेको छ । तेजावी सुनको मूल्य पनि प्रतितोला रु. एक हजार पाँच सय ५० ले बढेर प्रतितोला रु. एक लाख ३९ […]
काठमाडौँ, वैशाख २८ गते । सङ्घीय संसद्को बजेट अधिवेशन (बर्खे) आजदेखि प्रारम्भ हुँदै छ । हिउँदे अधिवेशन अन्त्य भएको तीन सातापछि बजेट अधिवेशन प्रारम्भ हुन लागेको हो । अघिवेशनको सम्पूर्ण तयारी संसद् सचिवालयले पूरा गरेको छ । सभा सञ्चालन र विषयवस्तुसमेत समेटिएको क्यालेन्डर भने दलीय परामर्शमा अन्तिम रूप दिने सचिवालयको तयारी छ । शुक्रबार […]
देउखुरी, वैशाख २७ गते । लुम्बिनी प्रदेशमा राजस्व सङ्कलनमा सङ्कुचन आएपछि आगामी आर्थिक वर्षको बजेट घटाइने भएको छ । चालु आवमा छ अर्ब ७३ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको प्रदेश सरकारले अपेक्षित राजस्व सङ्कलन गर्न नसकेपछि बजेटको आकार घट्ने भएको हो । अब केन्द्र सरकारले पठाएको बजेटलाई नै बाँडफाँट गरेर आगामी वर्षका लागि बजेट निर्माण गर्नुपर्ने […]
बर्दिया/ईकान्तिपुर — बर्दियाको सनकट्टी घाट र कैलालीको टीकापुर जोड्ने कर्णाली नदीमा पक्की पुल निर्माण सुरु भएको छ । उक्त पुल ०८४ साल पुस मसान्तसम्म निर्माण सम्पन्न हुने रसुवा कन्स्ट्रक्सन प्रालि काठमाडौंले जनाएको छ । १ अर्ब १८ करोड रुपैयाँ लागतमा निर्माण हुने पुलको लम्बाइ ७ सय ५० मिटर रहेको रसुवा कन्स्ट्रक्सनका साइट इन्चार्ज कृष्ण ढुंगेलले […]
जानकी (बाँके)/ रासस । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एकीकृत जाँचचौकी(आइसिपी) सञ्चालनमा आएसँगै व्यापारमा सहजीकरण हुने बताउनुभएको छ । नेपालगञ्ज नाकास्थित एकीकृत भन्सार जाँचचौकीको शुभारम्भ गर्दै उहाँले औपचारिकरुपमा सञ्चालनमा आए पश्चात् दुई देशबिचको व्यापारमा सहजीकरण हुने बताउनुभएको हो । मन्त्री भण्डारीले जाँचचौकी सञ्चालनमा आएसँगै चोरी पैठारी नियन्त्रण र आन्तरिक राजश्वमा वृद्धि हुने बताउनुभयो । […]
नेपालगञ्ज/रासस / विभिन्न समस्या र अवरोधका बाबजुद चालु आवको साउनदेखि चैतसम्म नौ महिनाको अवधिमा रु ७० करोडको जडीबुटी निकासी भएको नेपाल जडीबुटी व्यवसायी सङ्घले जनाएको छ । जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्कप्रसाद शर्माका अनुसार निकासीमा आन्तरिक तथा बाह्य क्षेत्रबाट झेल्नुपरेको कठिनाइका कारण व्यवसायीले नौ महिनामा रु ७० करोडको जडीबुटी निकासी गर्न सफल भएका छन् । […]
नेपालगन्ज, वैशाख २२ गते। बाँके जिल्लामा चालु आर्थिक वर्षमा एक हजार १५३ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन्। घरेलु तथा साना उद्योग कार्यालय बाँकेका सूचना अधिकृत काशीलाल अधिकारीले दिनुभएको जानकारी अनुसार बाँके जिल्लामा चालु आर्थिक वर्षको हालसम्म उद्योगतर्फ ६१३ र वाणिज्यतर्फ ५४० गरेर एक हजार १५३ घरेलु तथा साना उद्योग दर्ता भएका […]
काठमाडौँ, वैशाख २१ गते । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु. एक हजार एक सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु. एक लाख ३६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु. एक लाख ३५ हजार चार सय निर्धारण भएको छ । यस्तै, तेजाबी […]
काठमाडौं, वैशाख २०/ राष्ट्र बैंकले ६ बैंकलाई कारबाही गरेको छ भने केही सञ्चालकलाई नगद जरिवाना समेत गराएको छ। राष्ट्र बैंकले प्राइम कमर्सियल, कुमारी बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा, लक्ष्मी सनराइज बैंक, लुम्बिनी विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंकलाई कारबाही गरेको हो। लक्ष्मी सनराइज बैंकका संस्थापक राजेन्द्र कुमार खेतानले सोही बैंकको ऋणी पंकज झुनझुनवालालाई प्रवाह गरेको १२ […]
१६ वैशाख, खजुरा (बाँके) रासस । नेपालगञ्जबाट माउन्टेन फ्लाइटमार्फत कैलाश मानसरोवर दूरदर्शन गर्ने व्यवस्था मिलाइएको छ । कैलाश मानसरोवर दूरदर्शनका लागि भारतीय धार्मिक पर्यटक नेपालगञ्ज आउनेक्रम बढेको छ । भारतीय र नेपाली धार्मिक पर्यटकलाई लक्षित गरेर कैलाश मानसरोवर दर्शन गराउन माउन्टेन फ्लाइट सुरु गरेपछि भारतीय पर्यटक आउनेक्रम बढेको नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स […]











