नेपालगन्ज- लामो समयदेखि अलपत्र बनेको सिक्टा सिँचाइ आयोजना अन्तर्गतको डुडुवा नहरको निर्माण कार्य पुनः सुरु भएर तीव्र गतिमा अगाडि बढेको छ । आयोजनाको मूल नहरबाट १८ क्युमेक्स (हजार लिटर प्रतिसेकेन्ड) पानी डुडुवा नहरमा खसालेर करिब ४६ किलोमिटर लामो डुडुवा शाखा नहर निर्माणका लागि आयोजनाले दुई वटा प्याकेजमा ठेक्का आह्वान गरेको थियो । पहिलो प्याकेजमा […]
काठमाडौँ। देशका ३८ सहकारी संस्थामार्फत भएको रेमिट्यान्स कारोबार र धरौटी रकम भुक्तानी नगरेको आरोपमा प्रभु म्यानेजमेन्ट प्रालिका संस्थापक अध्यक्ष देवीप्रकाश भट्टचनसहित पाँच जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले ठगी, आपराधिक विश्वासघात र हुन्डीसमेतको कसुरमा उहाँहरूविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । प्रतिवादी पाँचै जना र […]
बर्दिया – बर्दियाको बढैयाताल गाउँपालिका ६ मैनापोखरमा खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड राजापुरले डिपो राखेर धान खरिद गर्न शुरु गरेको छ । मंगलबार बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठी र उपाध्यक्ष लक्ष्मी अधिकारीले उद्घाटन गरेपछि धान खरिद कार्य शुरु भएको गाउँपालिकाका कृषि शाखा प्रमुख दिपेन्द्र श्रीवस्तवले बताउनुभयो । मंगलबार एक र बुधबार ३ जना किसानको […]
खजुरा । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मुख्य शाखा कार्यालय नेपालगन्जले बाँकेका किसानसँग हालसम्म साढे सात हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको छ । कात्तिक २३ देखि सुरु गरिएको धान खरिद अभियान अन्तर्गत मङ्सिर १४ सम्म सात हजार ५०३ क्विन्टल धान खरिद भएको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख रामशरण लामिछानेका अनुसार खरिद […]
काठमाडौँ —९८ करोड रुपैयाँ ठगीबारे अनुसन्धान गर्न सीआईबी टोलीले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई पक्राउ गरेको छ । गत कात्तिक २२ मा बैंकको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो । सीआईबीले यसअघि ११ कात्तिकमा प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनलाई पक्राउ गरेको थियो । उनी एमालेका पूर्वसांसद समेत हुन् […]
खजुरा । लुम्बिनी प्रदेशमा कुल जनसङ्ख्याको १९ दशमलव ६३ प्रतिशत नागरिक बिमाको दायरामा आबद्ध भएका छन् । नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयका अनुसार लुम्बिनी प्रदेशको कुल जनसङ्ख्यामध्ये १९ दशमलव ६३ प्रतिशत नागरिकले बिमा गरेका छन् । नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयले नेपालगन्जमा आयोजना गरेको पत्रकारसँग बिमा विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा लुम्बिनीको […]
काठमाडौ । नेपाल राष्ट्र बैंकले बिहीबार एक सूचना जारी गर्दै आजदेखि नयाँ नोट चलनचल्तीमा आएको जानकारी दिएको छ । नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । नोटको मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्र रहने छ । साबिककै आकार र रङमा आउन लागेको यो नयाँ नोटमा ‘नेपाल सरकारको […]
नेपालगन्ज । बाँकेको बघौडा हुलाकी सडकअन्तर्गत राप्ती नदीको सिधनियाघाटमा निर्माणाधीन पुलको निर्माण कार्य ५० प्रतिशत पुरा भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जले जनाएको छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका प्रमुख लीलाबहादुर भण्डारीका अनुसार पुल निर्माणको भौतिक प्रगति ५० प्रतिशतभन्दा बढी भइसकेको छ। सम्झौता प्रक्रियामा करिब एक वर्ष डिजाइनमा खर्चिनु परे पनि अहिले काम […]
नेपालगन्ज। पश्चिम नेपालका प्रमुख नाकाहरुमध्येको एक नेपालगन्ज नाकाबाट गत चार महिनाको अवधिमा २४ अर्बभन्दा बढीको व्यापार भएको छ । नेपालगन्ज भन्सार कार्यालयले दिएको जानकारी अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को चार महिनामा यो नाकाबाट २३ अर्ब ८० करोड ३५ लाख २६ हजारको आयात र ७७ करोड २८ लाख ४६ हजारको निर्यात गरेर २४ अर्ब ५७ […]
नेपालगन्ज- पश्चिम नेपालको केन्द्रविन्दु बाँकेको कोहलपुर नगरपालिका–१४ मा रहेको योयो प्लाइउड इण्डष्ट्रिज प्रालिलाई बन्द गरिँदा त्यहाँ कार्यरत छ सय कामदार बेरोजगार भएका छन् । उद्योगभन्दा बाहिरका व्यक्तिहरुलाई राखेर दर्ता गरिएको ट्रेड युनियनका नाममा भएको आन्दोलनले गर्दा गत तीन महिनादेखि योयो प्लाइउड उद्योग बन्द रहेको छ । सोही कारणले त्यहाँ कार्यरत छ सयभन्दा बढी कामदारको रोजगारी […]












