बुटवल/रासस । लुम्बिनी प्रदेशमा पछिल्लो समय मानसिक स्वास्थ्य समस्या जटिल बन्दै गइरहेको पाइएको छ । पछिल्लो अध्ययनअनुसार लुम्बिनी प्रदेशमा १३ देखि १७ वर्षका छ दशमलव एक प्रतिशत किशोर–किशोरीमा मानसिक स्वास्थ्य समस्या देखिएको छ । यस्तै १८ वर्षमाथिका १३ प्रतिशत व्यक्ति आफ्नो जीवनकालमा मानसिक स्वास्थ्य समस्याबाट पीडित भएका र पाँच दशमलव चार प्रतिशतमा मानसिक स्वास्थ्य समस्या […]

चितवन- चिसो मौसममा निमोनिया गराउने ‘भाइरस’ सक्रिय हुने हुँदा यसबाट बच्न विज्ञ चिकित्सकको सुझाव छ। जाडो मौसममा बालबालिकादेखि वृद्धवृद्धासम्मलाई निमोनियाको सङ्क्रमण धेरै हुने जनाउँदै सावधानी अपनाउन सुझाव दिइएको हो। केही वर्ष अघिसम्म राजधानी बाहिर विशिष्टीकृत सेवा अभाव हुँदा बिरामीहरू काठमाडौँ केन्द्रित हुने गर्दथे। पछिल्ला दिनहरूमा विशिष्टीकृत सेवा राजधानी बाहिर पनि उपलब्ध हुन थालेपछि निमोनियाका कारण […]

    मधुमेह मेटाबोलिक डिसअर्डर हो जसमा बिरामीको रगतमा ग्लुकोजको मात्रा धेरै हुन्छ । मधुमेहले शरीरका धेरै अङ्गहरूमा प्रतिकूल प्रभाव पार्छ, त्यसैले यस रोगबाट बच्नु धेरै महत्त्वपूर्ण छ । मधुमेहबाट बच्न हामीले स्वस्थ जीवनशैली अपनाउनुपर्छ । यसबाहेक तनावबाट टाढा रहँदा पनि मधुमेहबाट बच्न सकिन्छ । मधुमेह अचानक लाग्दैन, हाम्रो शरीरले यो भन्दा पहिले नै केही […]

नेपालगगन्ज। २०७४ सालबाट ओपिडी सेवा शुरु गरेको बॉकेको खजुरामा रहेको सुशील कोइराला क्यान्सर अस्पतालले पश्चिम नेपालका करिब ४० जिल्लाका बिरामीको उपचारमा अहम भुमिका निभाउँदै आएको छ । सो अस्पतालमा फोक्सो, स्तन, रक्तनली, नाक–कान–घाँटी, पाठेघर, हड्डी, दाँत तथा मुख, मुत्रनली र पिसाब थैलीलगायतका क्यान्सरको उपचार हुॅदैआएको छ । यी सेवा बाहेक अस्पतालले बाल क्यान्सरको उपचार सेवा […]

नेपालगन्ज/ रासस- नेपालगन्ज उपमहानगरपालिका डेङ्गी रोग सङ्क्रमणको उच्च जोखिममा देखिएपछि रोकथाम अभियान सुरुआत गरिएको छ । बाँके जिल्लामा हालसम्म डेङ्गी सङ्क्रमित तीन सय ४८ नागरिकमध्ये एक सय ९५ नेपालगन्ज उपमहानगरपालिकाकै नागरिक रहेको उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए । “नेपालगन्ज डेङ्गी रोग सङ्क्रमणको उच्च जोखिममा रहेकाले रोकथामका लागि अभियान सुरु गरेका छौँ”, उनले […]

काठमाडौँ । सरकारले विद्यालय र विद्यालय बाहिर रहेका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले विद्यालयका कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिका लक्षित गरी खोप अभियान सञ्चालन गर्न थालिएको जानकारी […]

अर्घाखाँची/रासस-  अर्घाखाँचीको सन्धिखर्कमा प्रसादका रूपमा मासु खाँदा बिरामी हुनेको संख्या ३५ जना पुगेको छ। सन्धिखर्क नगरपालिका–१ तारामार्ग निवासी दीपक केसीले आइतबार देउराली पूजा लगाएका थिए। प्रसादका रूपमा मासु खाएर बिरामी हुनेको संख्या ३५ पुगेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले बताए। मंगलबार बिहान थप सात जना उपचारका लागि अर्घाखाँची अस्पतालमा पुगेका […]

काठमाडौँ, कात्तिक १२ गते । तिलगङ्गा आँखा प्रतिष्ठानले ‘एस्थेटिक अकुलोप्लाष्टि’ सेवा छिट्टै सञ्चालनमा ल्याउने जनाएको छ । आज आयोजित एक दिने विशेष एस्थेटिक अकुलोप्लाष्टि कार्यशालामा प्रतिष्ठानका कार्यकारी निर्देशक डा सन्दुक रूइतले नेपालमा यसको सम्भावना राम्रो रहेको र छिट्टै नै विभिन्न सुविधासहित सेवा सुरु गरिने जानकारी गराउनुभयो । यो सुविधा तिलगङ्गा प्रतिष्ठान तथा तिलगङ्गा सिटी आइ […]

  ९ कात्तिक, काठमाडौं । सरकारले डेंगुको महामारी फैलन नदिन आज देशभरका सरकारी कार्यालय परिसर सरसफाइ अभियान सञ्चालन गर्ने भएको छ । बिहीबार साँझको मन्त्रिपरिषद् बैठकले आज बिहान १० बजे देशभरका सम्पूर्ण सरकारी कार्यालय परिसरमा सरसफाइ गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदबाट उक्त निर्णय भएको सरकार प्रवक्ता एवं सञ्चार तथा […]

  एजेन्सी । अब बिस्तारै जाडोको मौसम सुरु भएको छ । जाडोको मौसमसँगै नवजात शिशुको हेरचाहमा ध्यान दिनु पर्ने हुन्छ । जाडो मौसममा नवजात शिशुलाई तपाईंले जति लेयर लगाउनुहुन्छ त्यसभन्दा एक बढी लेयर वा लुगा बच्चालाई लगाउनुपर्छ । यदि तपाईं जाडोमा दुई वटा लुगा लगाउनुहुन्छ भने बच्चालाई तीन वटा लुगा लगाइदिनुहोस् । बच्चाको टाउको सधैँ […]