गुलरिया । बर्दियाको बाँसगढी नगरपालिकाले बर्दिया जिल्लाभरिको पानी परीक्षणको सुरुवात गरेको छ । परीक्षण गरिएका पानीका स्रोतमध्ये करिब ७० प्रतिशत पानी मापदण्ड अनुसार पिउन अयोग्य देखिएको छ । विगत एक महिनादेखि बाँसगढी नगरपालिकाभित्र १२३ र जिल्लाका अरू पालिकाभित्रका ३८ गरी १६१ वटा ट्युबेललगायतका पानीका स्रोतको परीक्षण गरिएको छ । बाँसगढी नगरपालिकाका स्वास्थ्य अधिकृत घनश्याम केसीले इकोली, पिएचलगायतका […]
बीबीसी- औषधि व्यवस्था विभागले गुणस्तरमा कमी देखिएको भन्दै नेपालका दुइटा निजी कम्पनीलाई तिनले उत्पादन गरेका प्यारासिटामोल ट्याब्लेटहरू बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ। औषधि व्यवस्था विभागका अनुसार लोमस फर्मास्यूटिकल्स प्राइभेट लिमिटेडबाट उत्पादित ‘सिटोफेन’ र क्युरेक्स फर्मास्यूटिकल्सद्वारा उत्पादित ‘रेक्सामोल’को बिक्री वितरणमा रोक लगाएको छ। ती दुवै औषधि आवश्यक मात्रामा रगतमा घुलमिल हुन नसकेकाले निष्प्रभावी पाइएको र […]
काठमाडौँ । जाडोको आगमनसँगै तातो पानीमा नुहाउनु लगभग सबैको लागि दैनिक बन्छ । चिसो मौसममा तातो पानीमा नुहाउँदा तुरुन्तै आराम मिल्छ, मांसपेशीको कठोरता कम हुन्छ र दिनको सुरुवात सजिलो हुन्छ । तर, एक महिनासम्म हरेक दिन तातो पानीले नुहाउँदा शरीरमा कस्तो प्रभाव पर्छ ? तपाईँले कहिल्यै सोच्नुभएको छ ? यसरी नुहाउनु स्वास्थ्यको लागि पूर्ण रूपमा […]
म्याग्दी । प्रादेशिक अस्पताल बेनीमा सुत्केरी सेवा लिनेभन्दा गर्भपतन सेवा लिनेको सङ्ख्या बढी देखिएको छ । यसमा पनि २० वर्षभन्दा कम उमेरमा गर्भवती हुने र गर्भपतन सेवा लिनेको सङ्ख्यामा बढोत्तरी भएको छ । सरकारले सन् २००२ देखि गर्भपतनलाई कानुनी मान्यता दिएको थियो भने सन् २०१६ देखि सरकारी स्वास्थ्य सस्थामाहरुमा गर्भपतन सेवालाई निःशुल्क गरेको थियो । […]
बिबिसी । बच्चाहरूले कारणबिनै झगडा गर्न निहुँ खोजिरहेका बेला वा खाना खान नमानेका बेला वा सुत्न नमानिरहेका बेला आमाहरू सहजै भन्दिन्छन् – यी बच्चाहरूले मेरो आयु नै घटाइदिइसके होलान्। त्यो सत्य नै हुन सक्ने नयाँ अनुसन्धानहरूले सङ्केत गरेका छन्। प्रत्येक सन्तान जन्माउँदा केही आमाहरूको आयु ६ महिनासम्म कम भएको हुन सक्ने इतिहासका रेकर्डहरूको विश्लेषणले सुझाएको […]
काठमाडौँ । वीर अस्पतालमा श्वासप्रश्वाससम्बन्धी १० वटा विभिन्न रोगका भाइरसको एकै पटक परीक्षण सुरु गरिएको छ । अस्पतालको मेडिकल जेनेटिक्स (आनुवंशिक) प्रयोगशालामा श्वासप्रश्वाससम्बन्धी १० प्रकारका रोगको भाइरसको एकै पटक एकै समयमा परीक्षण सुरु गरिएको अस्पतालका मेडिकल आनुवंशिक विभागका प्रमुख डा. निलम ठाकुरले जानकारी दिनुभयो । उहाँले बिरामीको एउटा रोगको भाइरसको फरक–फरक परीक्षण गर्दा रोग पत्ता […]
यामराज बिष्ट पञ्चकोशी दैलेख, कात्तिक १८ गते । दैलेखमा एभरेष्ट क्लब अन्तर्गत पावर परियोजनाले अपाङ्गता भएकालाई ह्विलचियर वितरण गरेको छ । अपाङ्गता भएका विद्यार्थीलाई शिक्षामा सहज पहुँच स्थापित गर्नका लागि घरमै पुगेर ह्विलचियर वितरण गरिएको हो । अपाङ्गता भएका विद्यार्थी उमेर समूहका बालबालिकालाई उनीहरूको आवश्यकता पहिचान गरी दुल्लु नगरपालिका –५ का मिलन पोखरेलाई ह्विलचियर सहयोग […]
बुटवल, कात्तिक १४ गते । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत सेवा लिनेहरूको संख्या बढ्दै गएपछि फार्मेसी सेवा विस्तार गरिएको छ । लुम्बिनी प्रदेशको सबैभन्दा जेठो यो अस्पतालमा सरकारले स्वास्थ्य बिमा कार्यक्रमका लागि पहिलो प्रस्थान विन्दुको मान्यता दिएपछि सेवा लिन आउनेको सङ्ख्या थप बढेको छ । विक्रम संवत् १९६७ सालमा स्थापना भएको यो अस्पतालमा […]
काठमाडौँ /रासस। सक्रिय जीवन पद्धति अँगाल्ने आह्वानका साथ विश्व स्वास्थ्य सङ्गठनलगायत संस्थाको सहयोगमा नेपालसहित विश्वका विभिन्न मुलुकमा आज विविध चेतनामूलक कार्यक्रम आयोजना गरेर विश्व पक्षाघात दिवस मनाइँदै छ । चिकित्सकहरूका अनुसार पक्षाघात एक जटिल शारीरिक समस्या हो । यो मानव मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्छ । मस्तिष्कमा अक्सिजन तथा पोषकतत्वको कमी भएमा […]
काठमाडौँ/रासस— जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट यस वर्ष देशभर ३१ जनाको मृत्यु भइसकेको छ । नेपालमा १० वर्षको तुलनामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट मुत्यु हुनेको सङ्ख्या अहिलेसम्मको सबैभन्दा धेरै रहेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिए । जापानिज इन्सेफ्लाइटिसबाट सन् २०२४ मा २५, सन् २०२३ मा सात […]












