काठमाडौँ । यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस हिउँदमा सुदूरपश्चिम र कर्णाली प्रदेशका उत्तरी भूभाग र गण्डकी […]
बर्दिया —बर्दियाका सामुदायिक बन र झाडि नजिकका गाउँमा चितुवाको आक्रमण हुन थालेपछि स्थानीय त्रसित छ्न । पछिल्लोपटक पराल लिन गएका एक किशोरी चितुवाको आक्रमणबाट घाइते भएकी छन् । बारबर्दिया नगरपालिका–४ की १८ वर्षीया अजिता थारु चितुवाको आक्रमणबाट मंगलबार साँझ घाइते भएकी हुन् । चितुवाले आक्रमण गर्दा युवतीको दुवै हातमा गहिरो चोट लागेको छ। घरनजिकै खेतमा […]
बबई (बर्दिया)। बर्दियाको सदरमुकाम गुलरियालाई बाढीको जोखिमबाट जोगाउन स्थापना गरिएको बबई–भादा–औरही नदी व्यवस्थापन कार्यालय बर्दियाबाट हटाइएपछि बबई नदी व्यवस्थापन कार्य अधुरै अवस्थामा रोकिएका छन् । सो कार्यालय बर्दियाबाट डडेलधुरा सारिएसँगै नदी कटान रोकथाम र तटबन्ध निर्माण जस्ता महत्वपूर्ण काम ठप्प हुँदा स्थानीयवासी फेरि उही पुरानै जोखिममा परेको गुनासो गर्न थालेका छन् । गुलरिया हुँदै बग्ने बबई […]