काठमाडौं । जय ट्रफी मेन्स एलिट कप २०८१ को उपाधि नेपाल पुलिस क्लबले जितेको छ । बिहीबार सम्पन्न तीन दिवसीय फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै पुलिस च्याम्पियन बनेको हो । वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा भएको फाइनलमा पुलिसले आर्मीलाई २८ रनले हरायो । पुलिसले दिएको १०३ रनको लक्ष्य पछ्याएको आर्मी तेस्रो […]

  काठमाडौं । त्रिभुवन आर्मी क्लब ८ विकेटले बिजयी भएको छ । जय ट्रफी एलिट कप अन्तरगतको खेलमा त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई ८ विकेटले हराउँदै बिजयी भएको हो । मधेश प्रदेशले दिएको जम्मा २८ रनको लक्ष्यलाई आर्मीले २ विकेट क्षतिमा नै सफलता हासिल गरेको हो । आर्मीले पहिले ब्याटिङ गर्दै ९ विकेट क्षतिमा २२५ रन बनाएर […]

  काठमाडौं । एपीएफले पहिलो जीत निकालेको छ । विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले एन्फा यु–१६ लिगको जारी खेलमा बुधबार सातदोबाटो युथ क्लबविरुद्ध २–१ को रोमाञ्चक जित निकालेको हो । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा एपिएफलाई जित दिलाउन अविनाश वाइबा र तेन्जिङ शेर्पाले समान एक एक गोल गरेका थिए । पहिलो जितसँगै […]

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियाली कराँते र कावा बिच भलिबल खेलमा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापनकहरुलाई आज सम्मान र पुरस्कार प्रदान गरेका छन् ।   युवा तथा खेलकुद मन्त्रालयद्वारा आज प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा नेपाल सरकार, मन्त्रिपरिषद्को गत मङ्सिर २८ गतेको निर्णयबमोजिम तोकिएको मापदण्डका आधारमा पुस्कार प्रदान […]

  काठमाडौं । नापोलीले फियोरिन्टिनाविरुद्ध ३ ० को सहज जित निकालेको छ । इटालियन सिरी ‘ए’ मा शनिबार घरेलु टोली फियोरिन्टिनाविरुद्ध ३–० को सहज जित निकालेको हो । अर्टेमियो फ्रेन्ची रंगशालामा नापोलीलाई जित दिलाउन डेविड नेरेस, रोमेलु लुकाकु र स्कट म्याकटोमिनेले समान एक एक गोल गरेका थिए । खेलको २९औं मिनेटमा नेरेसको गोलमार्फत नापोलीले अग्रता […]

  काठमाडौं, १९ पुस  ।  बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगको दोस्रो संस्करण शुक्रबारदेखि सुरू हुदैँछ ।   लिगमा पुरुष/ महिलातर्फ समान पाँच गरि १० तौलसमूहमा प्रतिस्पर्धा हुने आयोजक टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले जानकारी गराए ।   पुरुषमा ४६-५०, ५०-५४, ५४-५८, ५८-६३ र ६३-६८ केजी तौलसमूहमा खेल हुनेछ । महिलामा ४०-४३, ४३-४६, ४६-४९, ४९-५३ र […]

बाँके, पुस १७ । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ ई गाउँमा रहेको न्यू दर्पण युवा स्पोर्टस क्लवको आयोजनामा क्लब स्तरीय फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । क्लबका अध्यक्ष प्रकाश केसीको अध्यक्षतामा बसेको बृहद भेलाले दोश्रो न्यू दर्पण युवा कप फुटबल प्रतियोगिता यहि माघ महिनाभित्र सञ्चालन गर्ने निर्णय गरेको हो । भेलाले प्रतियोगिताको तयारीका […]

मोरङ । उर्लाबारी-९ थक्लुङ चोकमा खेल मैदान बनाउने काम थालिएको छ । स्थानिय चन्द्र छाराहाङ राईले एक बिगाहा ५ कठ्ठा स्वर्गीय बुवा हस्तबहादुर राईको स्मृतिमा खेल मैदान बनाउन जग्गा दान गरेपछि स्थानियले आजबाट खेल मैदान बनाउन सुरु गरिएको हो।   हस्तबहादुर छाराहाङ राई (आठपहरिया) स्मृति प्रतीष्ठान स्मारक खेल मैदान संरक्षण तथा सम्वधर्न नामक समितिले जेसिभी […]

  लन्डन । बेलायतमा एउटी सानी केटी कम्पनीमा कर्मचारी भएर काम गर्न थालिन् तर केही दिनपछि युवतीलाई जागिरबाट निकालियो ।   यसको पछाडिको कारण थाहा पाएपछि युवती भने निकै छक्क परिन्, जो सुने पछि  युवतीले अदालतमा मुद्दा दायर गरिन् । कम्पनीले अदालतमा धेरै स्पष्टीकरण पेश गरेका थियो तर कुनै सुनुवाइ भएन र अन्ततः युवतीलाई ३० […]

धनुषा/रासस- नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडीहरु आज जनकपुरधाममा ‘ट्रफी परेड’मा सहभागी भएका छन्। बिहीबार राति जनकपुर आइपुगेका खेलाडीहरुले आजदेखि मधेस प्रदेशमा ट्रफी परेड सुरु गरेका हुन् । जसअन्तर्गत पहिलो दिन जनकपुरधाममा भव्य नगरपरिक्रमा गरिएको हो। रामजानकी अन्तर्राष्ट्रिय रंगशालामा बिहान सुरू भएको ट्रफी परेड थापा चोक हुँदै पिडारी चोक, रामानन्द […]