गुवाहाटी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ६५ औँ खेलमा आज राजस्थान रोयल्सले पञ्जाब किंग्सको सामना गर्दैछ । खेल राजस्थानको दोस्रो घरेलु मैदान गुवाहाटीस्थित बार्सपारा क्रिकेट स्टेडियममा साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ । दुवै टोली यो सिजनमा दोस्रो पटक आमनेसामने हुँदैछन् । पछिल्लो खेलमा राजस्थानले पञ्जाबलाई उसैको घरमा ३ विकेटले पराजित गरेको थियो । […]

  नेपालगन्ज, वैशाख ३० गते। नेपालगन्ज स्वीमिङ्ग क्लबले बाँकेका पाँच जना पौडी खेलाडी र दुई जना पौडी प्रशिक्षकलाई सम्मान गरेको छ। क्लबको प्रथम अधिवेशनको अवसरमा नेपालगन्जमा पौडीका राष्ट्रिय खेलाडी अमित रावल, सुप्रिया रावल, संस्कार न्यौपाने, विशेष सिंह, जमुना डाँगी, अभियान श्रेष्ठ र सुवेश पाण्डेलाई सम्मान गरेको क्लबका अध्यक्ष केशव न्यौपानेले बताउनुभयो। उहाँका अनुसार सो अवसरमा […]

काठमाडौँ, वैशाख २७ गते । मन्त्री परिषद्को बिहीबार बसेको बैठकले खेलाडीलाई दुई करोड ९७ लाख १० हजार रुपियाँ पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। युवा तथा खेलकुद मन्त्रालयले पेस गरेको प्रस्तावलाई मन्त्री परिषद्ले अनुमोदन गरेसँगै चीनमा भएको १९औँ एसियन गेम्समा पदक विजेता, क्रिकेट टिम र पारा तेक्वान्दो खेलाडी तथा प्रशिक्षकले नगद पुरस्कार पाउने भएका हुन् […]

२७ वैशाख, काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ वेष्टइण्डिज र अमेरिकामा आयोजना हुँदैछ । टी–२० विश्वकपमा नेपालसहित २० टोली सहभागी छन् । चार समूहमा ५–५ टोली छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर–८ मा पुग्नेछन् । सुपर ८ मा दुई समूह हुनेछन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । टी–२० विश्वकपमा नेपालको […]

हिले, वैशाख २४ गते । विभागीय टोली एपिएफ क्लबले १६औँ संस्करणको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । सोमबार बिहान भएको खेलमा एपिएफले मोरङकाे चारतारे यूथ क्लबलाई १–० गोलले हरायो । आइतबार वर्षाले गर्दा खेल मैदान जलमग्न भएपछि रोकिएर सोमबार भएको हो । एपिएफको जितमा बुद्धिमान राईले खेल सुरु भएको पहिलो मिनेटमै […]

सेतोपाटी/ नेपाली राष्ट्रिय क्रिकेट टोलीले १० वर्षपछि टी-२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्दैछ। आगामी जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी-२० विश्वकप २०२४ मा भाग लिन नेपाली टोलीको एक समूह शनिबार राति अमेरिका प्रस्थान गरेको छ। अर्को एक समूह आइतबार अमेरिकातर्फ प्रस्थान गर्दैछ। नेपालले अमेरिकाको मायमीमा विश्वकपको अन्तिम तयारी यहिँ सातादेखि सुरू गर्नेछ। […]

काठमाडौँ, वैशाख २० गते । वेस्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० सिरिजको चौथो खेलमा नेपालले फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिले ब्याटिङ रोजेको हो । पाँच खेलको सिरिजमा अहिले वेस्ट इन्डिज ‘ए’ २–१ ले अगाडि छ । नेपाल पहिलो खेलमा चार विकेटले विजयी भएको थियो । […]

  १७ वैशाख, नेपालगञ्ज । बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य रुपमा खेलकुद गतिविधि हुन सकिरहेका छैनन् । खेलकुद विकास समिति लुम्बिनी प्रदेश कार्यालयका प्रमुख महेश चन्दले भने रङ्गशालाको निर्माण कार्य सकिएपछि असारपछि खेलकुदका गतिविधिले गति लिने बताए । पाँच वर्षअघि आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नेपालगञ्ज रङ्गशालामा करिब एक अर्ब ५० […]

  काठमाडौँ, वैशाख १६ गते । नेपाल र वेस्ट इन्डिज ए बीच आज पनि प्रतिस्पर्धा हुँदै छ । खेल मध्यान्ह सवा १२ बजेबाट त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा सुरु हुनेछ । शनिवार भएको पहिलो खेलमा नेपालले ४ विकेटको जित निकालेको थियो । आज सिरिजअन्तर्गतको दोस्रो खेल खेल्न लागेको हो । आजको खेल जित्दै नेपाल सिरिजमा दुई-शून्यको […]

काठमाडौं । घरेलु टोली नेपालले वेस्ट इन्डिज ए सँग खेल्ने पाँच टी-२० खेलको सिरिजका लागि १६ सदस्य टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपमा नभएका आरिफ शेख र तीव्र गतिका बलर आकाश चन्द टोलीमा छन् । आरिफ मध्यक्रमका ब्याटर र आकाश तीव्र गतिका बलर हुन् । युवा तीव्र गतिका बलर कमलसिंह ऐरी भने टोलीमा […]