एसियाली खेलकुद: आयोजक चीनलाई पहिलो स्वर्ण

सेतोपाती/ चीनको हाङ्झाउमा १९औं एसियाली खेलमा आयोजक चीनले पहिलो स्वर्ण जित्न सफल भएको छ। चीनले आइतबार रोइङबाट पहिलो स्वर्ण भित्र्याएको हो।

चीनका जु जियाकी र किउ सिउपिङले लाइटवेट महिला डबल्स स्कल्सको उपाधि जितेका हुन्।

Advertisement

फुयाङ वाटर स्पोर्ट्स सेन्टरमा विहान बादल लागेको बिहानीमा चिनियाँ जोडीले सात मिनेट ६.७८ सेकेन्डको समय निकाल्दै उज्बेकिस्कानका खेलाडीलाई पछि पारे। उज्वेकिस्तानकालुइजाखोन इस्लोमोभा र मालिका ताग्माटोभालाई झण्डै १० सेकेन्डमा पछि पारे। यो इभेन्टमा इन्डोनेसियाले कास्य जित्यो ।

चीनले आइतबार विहानी शत्रमा १० स्वर्ण पदक भित्र्याइसकेको छ। चीनले रोइङबाटै ६ स्वर्ण भित्र्याएको छ। यस्तै पेन्टाथलन, उसु र सुटिङबाट पनि उसले स्वर्ण जितेको छ। यस्तै हङकङले पनि एक स्वर्ण जितेको छ। हङकङले पनि रोइङबाट स्वर्ण जितेको हो।

यता भारतले दुई रजत र एक कास्य जितेर पहिलो दिनको विहानीमा तीन पदक भित्र्याएको हो। भारतले रोइङको मेन्स लाइट डबल्स र मेन्स एट तथा सुटिङको १० मिटर एयर रायफल्समा रजत जितेको हो।

कोभिड-१९ का कारण एक वर्ष ढिलो भएको पूर्वी चीनको हाङ्झाउ शहरमा जारी खेलकुदमा ४५ राष्ट्रका करिब १२,४०० खेलाडीहरूले ४० खेलमा ४८१ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरिरहेका छन्।

Laxmi bank
चीन पछिल्लो १० एसियाली खेलकुदमा पदक तालिकाको शीर्ष स्थानमा थियो र घरेलु भूमिमा फेरि त्यसो गर्ने लगभग निश्चित छ।

यता नेपालले पहि लो दिनको विहानमा खराब प्रदर्शन गरेको छ। नेपालका सुटिङको १० मिटर महिला एयर राइफल्समा श्लिसा भण्डारी ४७औं र सुशील नेपाल सुस्मिता भण्डारी ५८औं स्थानमा रहे। यो इभेन्टमा ५९ खेलाडी सहभागी थिए।

The web
इस्पोर्ट्अन्तर्गत इफुटबलमा नेपालका समीर गुरुङ मकाउका खेलाडीसँग २-१ ले पराजित भए।

तेक्वान्दोको पुम्सेमा नेपालकी स्वस्तिका तामाङ अन्तिम १६ को खेलमा सिंगापुरकी खेलाडीसँग पछि पारिन्। पुरुषतर्फ भने प्रेमबहादुर लिम्बूभने फिलिपिन्सका खेलाडीसँग अन्तिम ८ मा पराजित भए। त्यसअघि उनले अन्तिम १६ मा पाकिस्तानका खेलाडी पराजित गरेका थिए।

जुडोको अन्तिम १६ मा तुर्कमिनिस्तानका खेलाडीसँग पराजित भए। यस्तै देवकी श्रेष्ठ पनि मंगोलियाको खेलाडीसँग र इन्द्र श्रेष्ठ हङकङका खेलाडीसँग पराजित भए।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु