भारतमा बेचिएका सुर्खेतका दुई किशोरीको उद्धार

तस्बिर स्रोत: इन्द्रराज भट्टराई।तस्बिर स्रोत: इन्द्रराज भट्टराई।

नेपालगन्ज । तीन महिनाअघि कामको शिलशिलामा भारतमा पुर्‍याइएका सुर्खेतका १८ र २३ वर्षीया युवतीलाई शनिबार नेपाल ल्याइएको छ ।
केआइएन इन्डियाको नेपाल संयोजक इन्द्रराज भट्टराईका अनुसार उनीहरूलाई गाउँकै दिदी पर्ने एक महिलाले राम्रो काम लगाइदिन्छु भन्दै दिल्ली पुर्‍याइएकी थिइन्। ुतीन दिन घरको काममा लगाएपछि जबरजस्ती यौन व्यवसायमा संलग्न गराइएको उनीहरूले बताएकोु संयोजक इन्द्रराजले भने।

Advertisement

उनीहरू यहाँबाट भागे प्रहरीले नियन्त्रणमा लिने र थुनामा राख्ने धम्की दिएपछि बाध्यतामा परेको दुस्खेसो पोखेका छन्।

केआइएन इन्डियाले गोप्य सुचना प्राप्त भएसँगै नेपाली दूतावास, महिला मन्त्रालयको पहलमा उनीहरूको उद्धार भएको भट्टराईले बताए।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु