नेपालगन्ज, २८ साउन २०८१
थारु कल्याणकारिणी सभा बाँकेले आउने साउन ३२ गते शुक्रबार नेपालगन्जमा ११ औं अधिबेशन गर्न लागेको छ । अधिबेशनका प्रमुख अतिथि थारु कल्याणकारिणी सभाका केन्द्रिय उपसभापति देबीलाल चौधरीले उद्घाटन गर्ने थकसा बाँकेका सभापति बिनोद थारुले बताए । सभा बाँकेको गत साउन १९ गते बसेको कार्यसमितिको बैठकले जिल्ला अधिबेशन गर्ने निर्णय गरेको थियो । अधिबेशनले अगामी कार्यकालका लागि नेतृत्व समेत चयन गर्ने जनाएको छ । अगामी नेतृत्व सर्बसम्मतबाट चयन गर्न प्रयास गरिरहेको सभाका सभापति थारुले बताए । सभाले जिल्ला सभापति थारुकै नेतृत्वमा तयारी समिति गठन गरेर अधिबेशनको तयारीमा जुटेको छ । सकेसम्म जिल्ला भित्र र बाहिर रहेका थारु अगुवा बुद्धिजीवीहरुलाई सहभागी गराउने प्रयास गरिरहेको छ । थारु समुदायमा बिगत देखि योगदान पु¥याउदै आएका अगुवा बुद्धिजीबीलाई पत्रचार गर्ने तथा आवश्यक तयारी गर्ने लगायत्को काम गरिरहेको छ । सभाले नेपालगन्जको स्वास्तिक कटेजमा यही साउन ३२ गते शुक्रबारका दिन बिहान १० बजे अधिबेशन गर्ने जनाएको छ । अधिबेशनमा थारु संघसंगठन लगायत् आस्थागत सबैलाई सहभागिताका लागि अपिल समेत गरेको छ । बाँकेमा थारु समुदायको ३ वटा पालिका कोहलपुर नगरपालिका, राप्ती सोनारी र बैजानाथ गाउँपालिकामा बहुल्याता र सघन रुपमा बसोबास रहेको छ । नेपालगन्ज उपमहानगरपालिकामा पनि थारु समुदायको उल्लेख्य मात्रमा बसोबास रहेको छ । बाँके जिल्लामा थारु समुदायको जनसंख्या करिब एक लाखको हाराहारीमा रहेको छ ।
थाकस बाँकेले नेपालगन्जमा ११ औं अधिबेशन गर्दै









