काठमाडौँ — सरकार र नेपाल शिक्षक महासंघबीच शुक्रबार भएको सहमतिमा असन्तुष्ट राहत शिक्षकले आइतबार माइतीघरमा भेला भएर बानेश्वरतर्फ अगाडि बढ्दै जुलुस प्रदर्शन गरेका छन् ।
सरकारसँग ६ बुँदे सहमतिपछि महासंघले शुक्रबार राति नै आन्दोलनको कार्यक्रम अन्त्य गर्दै पठनपाठनका लागि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । तर राहत शिक्षकहरुले आफ्ना मागमा वास्ता नगरिएको भन्दै आन्दोलन जारी राख्ने निर्णय गरेका हुन् ।
Advertisement
नेपाल राहत शिक्षक केन्द्रीय समितिमा आबद्ध शिक्षकहरूले शनिबार पनि काठमाडौंमा प्रदर्शन गरेका थिए। राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले माग पूरा नभएसम्म विद्यालय नफर्कने र काठमाडौंमै आन्दोलन जारी राख्ने बताएका छन् ।देशभर ४० हजार राहत शिक्षक कार्यरत रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।









