काठमाडौं- अवैध रूपमा संकलन गरी लैजान लागेको सुन जस्तो देखिने पहेलो रंगको धातु करिब ५० ग्रामतौलको २ थानसिक्री सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा तारकेश्वर नगरपालिका-५ स्थायी वतन भएकी ३१ वर्षीया जानुका न्यौपाने र स्याङ्जा वालिङ नगरपालिका-५ स्थायी वतन भएका २२ वर्षीया नारायण थापा रहेका छन् । एयर अरेबियाको उडानद्वारा बहराईनबाट दुबई हुँदै काठमाडौं आएकी जानुकाबाट नारायणले अवैध रूपमा संकलन गरी लैजान लागेको अवस्थामा उक्त धातु सहित फेला पारीदुवै जनालाई पक्राउ गरेको हो ।
Advertisement
उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगलमा पठाइएको छ ।