लुम्बिनी प्रदेशका मन्त्री अंग्रेजी पढाउँदै

 

बर्दिया / लुम्बिनी प्रदेशका भौतिक पुर्बाधार मन्त्री धर्म बहादुर चौधरि यति बेला अंग्रेजी विषय पढाउन ब्यस्त छ्न । उनले लिने क्लासमा कैलालिका बिद्यार्थी पनि राजापुर आई पुगेक छ्न । एकै दिन एउटा क्लसमा सय बढि बिद्यार्थी सहभागी हुने गरेका छ्न ।

Advertisement

एक हप्ते कक्षामा अंग्रेजी पढाईरहेका मन्त्री चौधरीले पछिल्लो समय अंग्रेजीमा कमजोर भएका बिद्यार्थी पढाएर राजापुरबाटै शिक्षामा छलाङ मार्नेे दाबी गरिरहेका छन् । उनले बिहान ७ बजे देखि बेलुका ७ बजेसम्म पढाउने गरेका छ्न । नागरिक उन्मुक्तिबाट चुनाव जितेका धर्म बहादुर चौधरी शिक्षक हुँदा हुदै पार्टीको भागमा परेर लुम्बिनी प्रदेशको भौतीक पूर्वाधार मन्त्रालयको जिम्मेवारीमा छन् ।

’ यसअघि २१ बर्ष जति शिक्षकको भूमिकामा रहेका मन्त्री चौधरीले अंग्रेजी बिषयमा बिद्यार्थीलाई अब्बल बनाउँन खोजेका छ्न ।

मन्त्री चौधरीले पढाउँने कक्षामा कक्षा १२ फेल भएका बिद्यार्थी छन् । अंग्रेजी बिषयमा कम नम्बर ल्याएका बिद्यार्थीलाई लक्षित गरी कक्षा संचालमा ल्याएको मन्त्री चौधरी बताउँछन् । मन्त्रीले पढाउँने कक्षामा बिद्यार्थी निशुल्क पढदै आएका छ्न । असोज २ गते देखि संचालित कक्षा ७ गते सम्म चल्नेछ । भौतिक पूर्वाधारसँगै शिक्षालाई अघि बढाउँने मन्त्री चौधरीको योजना छ । संबद्ध बिज्ञले बिद्यार्थीलाई ज्ञान बाड्न उनी सुझाउछन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु