बाँके । स्वास्थ्य कार्यालय बाँकेले नेपालगन्ज र आसपासका पालिकाका बस्तीमा परीक्षण गर्दा हैजाको जिवाणु भेटिएको भन्दै सर्तकता अपनाउन सुझाएको छ । बर्षा समयमा हैजा फैलिन सक्ने सम्भावना रहेको भन्दै सचेत हुन स्थानीयलाई आग्रह गरिएको हो ।
नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र जानकी गाउँपालिकाका केही स्थानमा नमुना परीक्षण गर्दा
झाडापखाला तथा हैजाजन्य रोग फैलिन सक्ने खतरा छ ।
Advertisement
हैजाको संक्रमण हुन नदिन शुद्ध पानी पिउन स्वस्थ्यकर्मीहरुले सुझाव दिएका छन् । भेरी भेरी अस्पताल नेपालगन्जका वरिष्ठ फिजिसियन डा. संकेतकुमार रिसालका अनुसार वर्षाको मौसममा पानी दुषित हुनृ भएकाले सरुवा रोगको संक्रममण फैलिन सक्ने बढी जोखिम हुने गर्छ ।









