सल्यान — सल्यानमा तरकारी बोकेको रा १ च १०२५ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । रोल्पाबाट दाङतर्फ तरकारी लैजाँदै गर्दा राप्ती राजमार्ग अन्तर्गत कपुरकोट गाउँपालिका–३ चोरखोला नजिकै सेतापैरामा सोमबार बिहान साढे ६ बजेतिर दुर्घटना भएको हो ।
Advertisement
दुर्घटनामा एक जना सख्त घाइते भएका छन् । सख्त घाइते भएका तुलसीपुर उपमहानगरपालिका–२ बस्ने वर्ष ३५ का नारायण योगीलाई उपचारको लागि प्रादेशिक अस्पताल दाङ लगिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठले बताए ।









