एमाले लुम्बिनी प्रदेश अधिवेशन : मतगणना सुरु

 

 

Advertisement

भाद्र १९, २०८०बुटवल — बुटवलमा जारी एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा नेतृत्व चयनका लागि मतगणना प्रक्रिया सुरु भएको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा दिउँसो ४:४५ बजेदेखि मतगणना सुरु भएको हो ।

 

मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले सबै मत गनेर नतिजा आजै सार्वजनिक गर्ने बतायाँ नेतृत्व चयनका लागि ९ सय ६५ जनाले मतदान गरेका थिए । २ सय ५ कमिटीका लागि अध्यक्षसहित १ सय २१ जना चुनावी मैदानमा छन् । पदाधिकारीमा सचिवसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
लुम्बिनीका १२ जिल्लाका एक हजार ५ प्रतिनिधि अधिवेशनमा प्रतिनिधि भएर आएका थिए । एमाले लुम्बिनीको नयाँ नेतृत्वका लागि अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरिप्रसाद रिजाल प्रतिस्पर्धामा छन् ।

उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ एवं विश्वराज बराल, बाँकेका पूजन विश्वकर्मा र रोल्पाका शान्तकुमार वलीबीच प्रतिस्पर्धा छ । सचिवमा लक्ष्मण आचार्य निर्विरोध भए भने उपसचिव खुलामा ३ र महिलामा ३ जना प्रतिस्पर्धामा छन् । उपसचिव खुलामा उपेन्द्रलाल कामी, दुर्गाप्रसाद थारु चौधरी र पूर्णमगर मैदानमा छन् ।

 

उपसचिव महिलामा आरती पौडेल, लीला रानामगर र वसन्ती अधिकारीले प्रतिस्पर्धा गरेका छन् । यस्तै लेखा कमिटी अध्यक्षमा दामोदर घिमिरे र विष्णुराज बीसीको उम्मेदवारी छ । ५ पदाधिकारीमध्ये ४ पदमा निर्वाचन भएको छ । भुगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्ला गरी ४ जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको हो । ईकान्तिपुर ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु