चितवन । मकवानपुरको मनहरी गाउँपालिका ६ प्रतापपुरस्थित बलबहादुर राईको गोठमा बाँधेको भैँसीले बिहीबार बिहान सवा ३ बजे हान्दा बाघको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गोठमा बाँधिएको भैँसी बाघसंग लड्दा घाइते भएको छ। भैँसी घाइते र बाघ मृत भेटिनुले भैँसीले हान्दा बाघको मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ। ‘बाघ बुढो, असाध्यै दुब्लो र कमजोर रहेकोले भैसीको आक्रमणबाट मृत्यु भएको अनुमान गरिएको छ । मृत बाघलाई चितवन राष्ट्रिय निकुन्ज सुरक्षार्थ सेक्टर सौराह ब्यारेकबाट खटिएको नेपाली सेनाको टोलीले लगेको छ ।
Advertisement
बाघले आक्रमण गर्न खोज्दा भैंसीले नै उसलाई हानेर मारिदियो जस्तो देखिन्छ,’ चितवन निकुञ्जको सौराहा सेक्टरका प्रमुख शान्तबहादुर मगरले भने, ‘हामीले घटनास्थलको मुचुल्का गरेर बाघलाई पोष्टमर्टमका लागि कसरा ल्याउँदैछौं। पोष्टमार्टमको रिपोर्टले वास्तविक कुरा आउला।’ जंगलमा सिकार गर्न नसक्ने अवस्थामा पुगेपछि बाघ बस्तीतिर छिरेको हुनसक्ने बताए। बाघको आयु करिब १५ वर्ष हुन्छ।
घटनास्थलमा मृत भेटिएको भाले बाघको घाँटीभन्दा तल्लो भागमा चोट लागेको छ। भैसीलाई पनि चोट लागेको छ।









