बर्दिया । पश्चिम तराईका थारु गाउँहरुमा धमाधम हरेरी पुजा भईरहेको छ । यो पूजाले थारु गाउँहरुमा पर्व सुरु हुने र खुसीयालीको संकेत गर्दछ ।
Advertisement
बर्दियाको बढैयातालगाउँपालिका ७ फुलपुर गाउँमा हरेरी पुजा सम्पन्नभएको छ । गाउँका ठुलो गुरुवा ठग्गा रामथारु, केसौकासितारा थारु र दिपकथारुले हरेरी पुजा गरेको गाउँका बरघर राम शरण थारुले बताए ।
धानबालीमा रोगकिरा नलागोस् बाली हराभरा रहोस् भन्ने मान्याताका साथफुलपुर गाउँका स्थानीयहरु हरेरी पुजा गरेका छन् ।
हरेरी पुजा बाँसगढी ६ मोतिपुर गाउँमापनि सम्पन्नभएको छ । ४ सय घरधुरी रहेको मोतिपुर गाउँमा बरघर दशैया थारुको अगुवाईमागाउँकाबर्का गुरुवादशरथाथारु, केसौका रोगाहीथारुले हरेरी पुजा गरेको गाउँका सहायक बरघर रामकिसुन थारुले बताए ।
अहिले बर्दियाकाथारु गाउँमाधमाधम हरेरी पुजा भैरहेको छ । करिब २ सय थारु गाउँभएको जिल्लामाअधिकांस थारु गाउँमा हरेरी पुजा भैसकेको छ,भने नभएकागाउँमाधमाधमपुजा भैरहेको बढैयाताल बरघर संञ्जालकापुर्वा अध्यक्षप्रशुरामथारुले बताए ।
थारु बाहुल्यपश्चिम नेपालको बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ लगायत्काजिल्लाकाथारु बाहुल्यगाउँमाप्रत्येक बर्ष धानरोपिसकेपछि हरेरी पुजागर्ने चलनछ । हरेरी पुजाबरघरको अगुवाईमागाउँभरीका सबै घरमुली जुटेर गाउँका साझा गुरुवालाई बोलाई ठन्वामा पुजागर्ने चलन रहेको बरघर राम शरण थारु बताउँछन् ।
दुई दिनसम्महुने हरेरी पुजामापहिलो दिनभुईह्यार ठन्वामा पुजागर्ने गरिन्छ भने दोस्रोदिनबर्का गुरुवाले दुध, कुस र आक्षतले सजाएर गाउँको शिरकुलामा खिरभनहालेर पुजा सम्पन्नगर्ने गरेको फुलपुरका गुरुवा ठग्गाथारुले बताए ।
हरेरी पुजा गरेको दिन देखि नै थारु गाउँमामादल खुल्छ । सोहीदिनदेखि नै थारु गाउँमानाचगान शुरु हुन्छ । त्यसकारण नाचगानको शुरुवात्को रुपमापनि, यो हरेरी पुजालाई लिने गरेको मोतिपुरका सहायक बरघर रामकिसुन थारुको भनाई छ ।
हरेरी पुजामाखास गरेर महादेव र पर्वतीको पुजागर्ने गरिन्छ । पर्वतीबिभिन्न देवीको रुपबाट आउने भएकाले देवी र किराका रक्षक दानवलाई खुसि पार्नकालागिपुजागर्ने गरेको जानकारहरु बताउँछन् ।









