तनहुँ बस दुर्घटनाः १४ जनाको मृत्यु, १६ घाइते

 

काठमाडौँ । तनहुँको आँबुखैरेनीमा शुक्रबार बिहान पोखराबाट काठमाडौँ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस ११ः३० बजेतिर बाटोबाट करिब डेढ सय मिटर तल नदीमा खस्दा १४ जनाको मृत्यु भएको छ ।

Advertisement

सशस्त्र प्रहरीका अनुसार घटनास्थलबाट १४ जनाको शव निकालिएको र १६ जनाको उद्धार गरिएको जानकारी दिनुभयो । घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाएको र थप उद्धार कार्य जारी रहेको छ ।
भारतीय पर्यटक सवार भारतीय बस शुक्रबार बिहान मर्स्याङ्दी नदीमा खसेको थियो ।

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु