नेपाल र चीनबीच कृषि, सञ्चारलगायत १३ बुँदे समझदारी

 

काठमाडौं । नेपाल र चीनबीच कृषि, सञ्चार, विज्ञान तथा प्रविधि, व्यापारसँग सम्बन्धित १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

Advertisement

प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ सम क्षी ली छ्याङबीचको उपस्थितिमा नेपाल र चीनका अधिकारीहरुले १२ वटा सम्झौता र एउटा समझदारी पत्र आदान प्रदान गरेका छन् । चीनको राष्ट्रिय विकास तथा अनुसन्धान परिषद र नेपालको राष्ट्रिय योजना आयोगबीच पनि सम्झौता पत्रमा हस्ताक्षर भएका छन् ।

चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन(नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले महसुस गरेको बताएका छन् । हाल चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँगको द्विपक्षीय वार्ता सुरु हुनुअघिको छोटो स्वागत मन्तव्यमा उनले सो धारणा राखेका हुन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु