१६ वर्षकी बालिका माथि सामूहिक बलात्कार, होटलका मालिक र कामदारसहित ६ जना पक्राउ 

 

विराटनगर । झापाकी एक जना १६ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको भन्दै प्रहरीले होटलका मालिक र कामदारसहित ६ जनालाई पक्राउ गरेको छ। शुक्रबार राति अर्जुनधाराको हाट र होटलमा पुर्‍याएर बालिकामाथि सामूहिक बलात्कार भएको हो।

Advertisement

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी मिलन केसीका अनुसार अर्जुनधारा नगरपालिका वडा नम्बर ७ मा रहेको लंका होटल एन्ड रिसोर्टका सञ्चालक लंका राजवंशी, अर्जुनधारा–८ का ३४ वर्षीय सरोज राई , अर्जुनधारा –५ का १९ वर्षीय अनिष लिम्बू, २५ वर्षीय केशव मगर, २० वर्षीय सुदीप श्रेष्ठ र सुजन डाँगी पक्राउ परेका हुन्। समूहका एक जना फरार छन्। पीडित बालिकाले शनिबार प्रहरीमा उजुरी दिएकी थिइन्।

‘पहिले हाट लाग्ने ठाउँमा जबरजस्ती करणी गरेको र त्यसपछि होटलमा पुर्‍याएर पनि जबरजस्ती गरेको पीडित बालिकाको उजुरीमा छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु