अमेरिकामा गोली प्रहार गरी नेपाली युवतीको हत्या

काठमाडौं, भदौ १२/  अमेरिकामा एकजना नेपाली युवतीको हत्या भएको छ। गत सोमबार साँझ साढे ५ बजे टेक्सासस्थित होस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया युवती मुना पाण्डेको हत्या भएको हो।

न्यूयोर्कबाट प्रकाशित हुने नेपाली अखबार नेप्योर्कका अनुसार मुना भोजपुरकी हुन्।

Advertisement

शनिबारदेखि सम्पर्कविहीन रहेकी उनी सोमबार आफ्नै घरमा मृत भेटिएकी थिइन्।

होस्टन प्रहरीले उनको टाउकोमा धेरैपटक गोली प्रहार भएको बताएको छ।

नेप्योर्कले काठमाडौंमा रहेकी मुनाको आमा अनिता पाण्डेसँग समेत कुरा गरेको छ।

उनले शनिबारदेखि छोरी आफ्नो सम्पर्कमा नरहेको बताएकी छन्।

आफ्नी छोरी एकजना अमेरिकी नागरिकसँग प्रेम सम्बन्धमा रहेको र सम्बन्धलाई लिएर केही तनावमा रहेको पनि अनिताले नेप्योर्कसँग बताएकी छन्।

मुना सन् २०२१ मा अध्ययनका लागि अमेरिका गएकी थिइन्।

मुनाको शव पोस्टमर्टम गरी होस्टन प्रहरीले घटना अनुसन्धान गरिरहेको छ।

प्रहरीले हत्या  कसले गरेको भन्ने सन्दर्भमा अझै सुराक नभेटिएको र हत्यामा प्रयोग भएको हतियार पनि नभेटिएको बताएको छ। सेतोपाटी ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु