पहिरोमा परेर म्याग्दीमा एकको मृत्यु

म्याग्दी — मालिका गाउँपालिका–२ फुल्वाङ रुममा बिहान करिब साढे ७ बजे रुमस्थित घरबाट पारी बेली भन्ने बस्तीमा जाने क्रममा जेमखोलाको किनारमा हिँडिरहेको बेला माथिबाट पहिरो खसी स्थानीय ५० वर्षीय तीर्थबहादुर विकको घटनास्थलमै मृत्यु भएको छ ।

विक पहिरोमा परेको देखेपछि स्थानीयले एक्सकाभेटर लगेर खोतलेका थिए । एक्सकाभेटर खोजेर ल्याइ पहिरो पन्छ्याउने करिब एक घन्टाको समयसम्म विकको मृत्यु भइसकेको मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्वुजाले बताए ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु