प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन भएका परियोजनाको बढैयातालमा समिक्षा गरिएको छ ।
बालअधिकारको क्षेत्रका काम गर्दै आएको प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन भएका पालिका स्तरिय परियोजनाको आज समिक्षा गरिएको हो ।
Advertisement

प्लान इन्टरनेशनल नेपालका क्षेत्रिय निमित्त कार्यक्रम बिज्ञ दिक्षा भाटले नेपालमा सन १९७८ देखि प्लान नेपाल सरकारी, गैरसरकारी संस्था र समुदायमा आधारित बिभिन्न संघ संस्थासंगको समन्व तथा सहकार्यमा बिभिन्न कार्यक्रम सञ्चालनमा रहेको जानकारी दिइन ।
प्लान नेपालकी क्षेत्रिय कार्यक्रम बिज्ञ भाटले शिक्षा क्षेत्रमा ,बाल संरक्षणमा , बिपदमा र महिला अधिकार लगाएतको क्षेत्रमा काम गर्दै आएको जानकारी गराइन ।
बर्दिया जिल्लामा प्लान नेपालको सहयोगमा सञ्चालित कार्यक्रम वाट लाभान्वित संख्या र सन २०२३ देखि २०२८ सम्म सञ्चालन हुने कार्यक्रमको रणनीतिक योजनाको बारेमा बिज्ञ भाटले जानकारी गराएकी सस्थाले जनाएको छ

प्लान नेपालका साझेदार संस्था बाँके यूनेस्को क्लबका कार्यक्रम कार्यक्रम संयोजक महेश नेपाली , बाके यूनेस्को क्लबको सशक्त बालिका परियोजना बर्दियाका संयोजक गोबिन्द प्रसाद लामिछाने , भेरी वातावरणिय बिशिष्टता समुह (बि.ग्रुप) बढैयातालकी फिल्ड अधिकृत चन्द्रकला खनाल र राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दियाका बढैयाताल फिल्ड अधिकृत जयकृष्ण चौधरीले बढैयाताल कार्यक्षेत्रमा सञ्चालन भएका कार्यक्रम र उपलब्धीका बारेमा प्रस्तुती गरेका संस्थाले जनाएको छ ।

बढैयाताल गाउँपालिकाका अध्यक्ष तथा समिक्षा कार्यक्रमका प्रमुख अतिथि हिमालय त्रिपाठीले प्लान नेपालको सहोगमा सञ्चालन भएका सबै कार्यक्रम महत्वपूर्ण भएको बताए । प्लान नेपालका साझेदार संस्थाले बढैयातालमा सञ्चालन गरेका कार्यक्रम लाई निरन्तरता दिनु पर्नेमा जोड दिदै निरन्तरताको लागि पालिका पनि सकारात्मक भएको अध्यक्ष त्रिपाठीले भने ।

बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी अधिकारीको अध्यक्षतामा सुनगाभा होटल मैनापोखरमा बुधवार भएको समिक्षा कार्यक्रममा बढैयातालका वडा नम्बर १ देखि ९ सम्मका वडाध्यक्षहरु , कार्यपालिका सदस्य , प्लान नेपालका क्षेत्रिय कार्यक्रम संयोजक झलक बिश्वकर्मा, बिद्यालयका प्रधानाध्यपक , नागरिक समाजका प्रतिनिधि , युवाक्लबका प्रतिनिधि , साझेदार संस्थाका कर्मचारी पत्रकार लगाएत ३७ जनाको सहभागिता रहेको कार्यक्रमको सञ्चालन सशक्त बालिका परियोजनाका अधिकृत इश्वर बि.क.ले गरेकाे सशक्त बालिका परियोजना बढैयातालका फिल्ड सुपरभाइजर राम बहादुर थारुले जानकारी दिए ।









