बाँके । बिहीबार दाङबाट नेपालगन्जतर्फ आइरहेको भे १ ख २१२८ नम्बरको यात्रुवाहक बस नेपालगन्जमा दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
२७ जना घाइते भएका छन् । उक्त वस कोहलपुर सडकखण्डको गनापुरस्थित नमस्ते कटेजको अगाडि एउटा मोटरसाइकललाई जोगाउन खोज्दा अनियन्त्रित भई पल्टिएको प्रहरीेले जनाएको छ ।
Advertisement
घाइतेहरुलाई नेपालगन्जस्थित भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजको नेपालगन्ज शिक्षण अस्पतालमा पु¥याइएको छ ।
भेरी अस्पतालमा २२ जना घाइतेको उपचार भइरहेको छ । तुलसीपुरबाट नेपालगंज आउँदै गरेको बस दुर्घटना हुँदा दुई जनाको मृ त्यु भएको छ। गनापुर स्थित पेट्रोल पम्पको सिसिटिभीमा देखिएको दृश्य यस्तो छ। दुर्घटनाको दृश्य अरुण केसीको फेसबुकबाट साभार गरिएको हो।









