जनजागरण महिला संघ द्धारा एकल महिला समुहलाई फलफुलका बिरुवा बितरण ।

जनजागरण महिला संघ बर्दियाले एकल महिला समुह लाई फलफुलको बिरुवा बितरण गरेको छ ।

वातारवरण सरसफाइ तथा जलवायु परिवर्तन सम्बन्धी सचेतना मुलक तालिमको आयोजना गर्दै कालिका र सतपतियामा फलफुलका बिरुवा बितरण गरेको हो ।

Advertisement


जनजागरण महिला संघ बर्दियाकी अध्यक्ष गोमादेबी पौडेलको अध्यक्षतामा तथा बढैयाताल गाउँपालिका ८ नम्बरका वडाध्यक्ष तेजनाथ पौडेलको प्रमुख आतिथ्यमा बुधवार बढैयाताल ८ स्थित सितलाबजारका एकल महिला समुहका १४ जना लाई आँप र कागतिका बिरुवा बितरण गरेको संस्थाले जनाएको छ ।


जनजागरण महिला संघकी अध्यक्ष पौडेलले एकल महिलाहरुको समुह निमार्ण गर्दै उनिहरुको आर्थिक तथा सामाजिक सशक्तिकरणको लागि तालिम तथा फलफुलको बिरुवा बितरण गरेको बताइन । बढैतालको कालिका,सतपतिया , सिमरा र बांसगढीको देउडाकलामा एकल महिला समुह रहेको र समुह लाई सशक्तिकरणका लागि तालिम लगाएत जिन्सी सामाग्री सहयोग गर्दै आएको अध्यक्ष पौडेलले जानकारी दिइन ।

बुधबार कालिकामा र बिहिवार बढैयाताल वडा नं ३ सतपतियामा वातावरण सरसफाइ तथा जलबायु परिवर्तन सम्बन्धी सचेतनामुलक तालिमको आयोजना गर्नुको साथै फलफुलको विरुवा गरेको संघले जनाएको छ ।

तालिमको सहजिकरण एकिकृत पशुपंक्षि विकास कार्यालय बर्दियाका प्राबिधिक रथ आचार्य , आयोजक संस्थाका कर्मचारी बामदेब पौडेल र कृष्ण बिश्वकर्माले सहजिकरण गर्नु भएको संघका कर्मचारी राज क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु