बडका अत्तवारी पर्वमा बाँके, बर्दियालगायत ६ जिल्लामा आइतबार सार्वजनिक बिदा

बुटवल — लुम्बिनी प्रदेश सरकाले बडका अत्तवारी पर्वका अवसरमा आइतबार तराईका ६ जिल्लामा सार्वजनिक बिदा दिएको छ । प्रदेशका थारू समुदायको बसोवास रहेका रूपन्देही, कपिलबस्तु, दाङ, बाँके, बर्दिया र पश्चिम नवलपरासीमा बिदा दिएको हो ।

बडका अत्तवारी पर्वमा लुम्बिनीका ६ जिल्लामा आइतबार सार्वजनिक बिदा

Advertisement

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव राजेन्द्रप्रसाद पन्थीले सूचना जारी गर्दै भदौ २३ गते आइतबार प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी गराएका छन् ।

 

यो पर्वमा थारू समुदायका पुरुषहरू उपवास ‘व्रत’ बस्ने चलन छ । थारु समुदायमा बडका अत्तवारी पर्वमा निराहार व्रत बसी सूर्यको पूजा गरी मनाइने सांस्कृतिक परम्परा छ । थारू समुदायले सूर्यलाई उज्यालोको प्रतीकको रूपमा मान्दै आएका छन् । पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि अत्तवारी पर्व मनाउने प्रचलन छ । कुशे औंसीपछिको पहिलो आइतबार यो पर्व मनाउने गरिन्छ ।

आइतबार मनाइने भएकै कारण यो पर्वको नाम अत्तवारी राखिएको मान्यता छ । सूर्य अग्निको प्रतीक पनि हो । प्रकृति पूजक थारू समुदायले विशेषगरी सूर्यको उपासना, पूजाआजा गरी बडका अत्तवारी पर्व धुमधामका साथ मनाउने प्रचलन रहेकाले सरकारले हरेक वर्ष थारु समुदायको बसोबास रहेका जिल्लाहरुमा सार्वजनिक बिदा दिने गरेको उपसचिव पन्थीले बताए । ईकान्तिपुर ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु