महोत्तरीमा करेन्ट लागेर मृत्यु

महोत्तरी, ८ असोज
पिपरा गाउँपालिका-६ रतौलीस्थित सडकमा ग.१ त ४६१४ नम्बरको ट्याक्टरमा चढी विजुलीको पोलहरू उठाउने क्रममा विद्युतको तारमा छुन गई करेन्ट लागेर एकडारा गाउँपालिका-४ बस्ने ३५ वर्षीय अजय साह सोनारको आइतबार दिउँसो मृत्यु भएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै करेन्ट लागेर घाइते भएका १ जनाको जानकी हेल्थ केयर जनकपुरमा उपचार भइरहेको छ । प्रहरीले टयाक्टर चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु