खजुरामा मौलिक पराम्परागत तीज महोत्सव आयोजना गरिदै

नेपालगन्ज, बिहिबार २० भदौं २०८१
बाँकेको खजुरामा तीजको अवसरमा एक दिने बृहत खजुरा तीज महोत्सव आयोजना हुन लागेको छ । खजुराको लक्ष्मी नरायाण मन्दिरको आयोजनामा हुन लागेको १९ औं बृहत खजुरा तीज महोत्सवको सबै तयारी पुरा भएको तीजको पुर्वा संध्यमा गरिएको पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । शुक्रबार तीजकै दिन मन्दिर परिसरमा बिरात लक्ष्मी नरायण मन्दिर दिव्यधाम निर्माणको सहयोगर्थ हुन लागेको तीज महोत्सवमा मौलिक र पराम्परागत सामुहिक तीज नृत्य र सामुहिक गित प्रतियोगिता पनि हुन लागेको लक्ष्मी नरायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिकाका संयोजक शिवराज श्रेष्ठले बताए । प्रतियोगितामा मौलिक पराम्परागत कला संस्कृति भेषभुषा झल्किने नृत्य र गित प्रतियोगितालाई महत्व दिने दिइने छ । प्रतियोगिताबाट छनोट भएका टीमलाई पुरस्कारको समेत व्यवस्था गरिएको संयोजक श्रेष्ठले बताए । पराम्परागत कला संस्कृति संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा पौराणिक कलाबाट चल्दै आएको लाखे नाच पनि प्रस्तुत गरिने आयोजकले जनाएको छ । महोत्सव सम्पन्न गर्नका लागि करिब ६ लाख रुपैया लाग्ने अनुमान गरिएको छ । खजुरा गाउँपालिकाको सहआयोजना तथा सहयोग र बिभिन्न दाताहरुको सहयोगमा महोत्सव हुन लागेको छ । महोत्सवबाट बचेको रकमबाट लक्ष्मी नरायण मन्दिर परिसरमा बिरात लक्ष्मी नरायण मन्दिर दिव्यधाम निर्माण गरिन्छ । निर्माण भएको धाममा भगवान श्री नरायणको ८० फिट अग्लो बिराट स्वारुप मुर्ति सहितको औंलामा बिद्युतीय सुदर्शन चक्रको साथमा भगवान लक्ष्मी नरायणलाई टाढाबाट समेत दर्शन गर्न सकिने गरी निर्माण गर्ने लक्ष्य आयोजकले राखेको छ । दिव्य धाम निर्माणका लागि करिब ८ करोड लाग्ने अनुमान गरिएको छ । बिगतमा धाम निर्माणका लागि गरिएको महायज्ञबाट ३५ लाख रुपैया संकलन गरिसकेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु