बाँके–भारत चिकित्सक कार्यशाला : उपचारमा सहकार्य गर्ने सहमति

नेपालगन्ज, भदौ २२ गते । नेपाल र भारतका वरिष्ठ विशेषज्ञ चिकित्सकबिच नेपाली बिरामीको उपचारमा सहयोग, सहकार्य र समन्वय गर्ने सहमति भएको छ । भारतको प्रसिद्ध म्याक्स अस्पताल र बाँकेका वरिष्ठ चिकित्सकको सहभागितामा नेपालगन्जमा आयोजना गरिएको कार्यशालामा दुवै देशका चिकित्सकबिच सो सहमति बनेको हो ।

भारतको लखनउमा रहेको म्याक्स सुपर विशेषज्ञ अस्पतालमा नेपाली बिरामीको सहुलियतमा प्राथमिकता दिएर उपचार गर्ने सहमति दुवै देशका चिकित्सकबिच बनेको नेपाल मेडिकल एसोसिएसन नेपालगन्ज च्याप्टरका अध्यक्ष डा. विनोदकुमार थापाले बताउनुभयो । उहाँले भारतबाट आउनुभएका सुपर स्पेसियालिस्ट चिकित्सकले बाँकेलगायत पश्चिम नेपालका बिरामीको उपचारमा सहकार्य, सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाएको बताउनुभयो ।

Advertisement

सो अवसरमा दुवै देशका चिकित्सकले उपचार पद्धतिमा हाल आएका आधुनिक प्रविधि र पद्धतिका बारेमा विस्तृत रूपमा चर्चा गर्नुभएको थियो । कार्यशालामा भारतको लखनउस्थित म्याक्स सुपर विशेषज्ञ अस्पतालका एभिपी तथा युनिट हेड प्रमित मिश्राले विश्वस्तरमा भइरहेको चिकित्सा क्षेत्रका ज्ञान, नवप्रवर्तन र सहकार्यको मह“वका बारेमा जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले नेपालको छिमेकमै ठुलो लगानीमा विश्वस्तरीय अस्पताल सञ्चालनमा ल्याएका छौँ, जहाँ सहुलियतमा सुपर स्पेसियालिस्ट सर्भिस उपलब्ध हुने छ । त्यसका लागि छ्ट्टै नेपाल हेर्ने डेस्कको व्यवस्था पनि गरेका छौँ, जहाँ नेपाली भाषा मात्रै होइन, रुपियाँ र भावना पनि चल्ने छ ।”

कार्यक्रममा नेपाल मेडिकल एसोसिएसनका महासचिव डा. दिनेशकुमार चौधरीले नेपालको स्वास्थ्य सेवा क्षेत्रमा भइरहेको परिवर्तनबारे जानकारी गराउँदै यस्तो सहकार्यपूर्ण कार्यक्रमले ज्ञानको खाडललाई कम गर्न र सेवाको गुणस्तरलाई सुधार गर्न ठुलो मद्दत पु¥याउने बताउनुभयो । गोरखापत्र अनलाईन ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु