
बर्दिया, २३ भदौ आइतबार २०८१
बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ३ अन्र्तगत पर्ने सोरहवा गाउँको पुर्वतर्पm मानखोलाको बगरमा रहेको कमलाधाम महिला समुदायिक बन र वडा नं. ३ कै सतपतिया गाउँको पुर्वतर्पm मानखोलाको बगरमा रहेको सुमेरी महिला समुदायिक बन औपचारिक रुपमा गाउँका उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ । शनिबार कमलाधाम सामुदायिक बनको प्राङ्गनमा भएको एक कार्यक्रमका बिच डिभिजन बन कार्यालय बर्दियाका प्रमुख डिभिजन बन अधिकृत बिजयराज सुबेदीले सामुदायिक बनको बिधान र कार्ययोजना दुबै समदायिक बनका अध्यक्षलाई प्रदान गरी बन हस्तान्तरण गरेका थिए । बन हस्तान्तरण गर्दै प्रमुख डिभिजन बन अधिकृत सुबेदीले पृथ्वी संकटमा परेको बेला बन जोगाउनु आवश्यक रहेको बताए । बन बिना मानव जिवनको अस्तित्व नै समाप्त हुने भएकाले बन मानव लगायत् जिवजन्तुका लागि एकदमै आवश्यक रहेको उनले बताए । उनले भने “खोलाका बगरमा समुदायिक बन बनाउन अभैm महत्वपुर्ण हुन्छ । बगरमा रहेको बनले एकतर्पm खोलाको कटान रोक्न मदत गर्छ, भने अर्कातर्पm स्थानीयलाई काठ दाउरा लगायत्का बन पैदावर पनि दिन्छ । ” बन बिना जल चक्र नै समाप्त हुने भएकले बन जोगाउनु अत्यावश्यक रहेको उनले बताए । प्रकृतिलाई नबुभ्mदा पनि ९० प्रतिशत बाढी आउने गरेको प्रमुख डिभिजन बन अधिकृत सुबेदीको भनाई छ । खोलाको छेउछाउ अव्यवस्थित बसोबास र खेतीपाटीका कारण बाढी आउने गर्दछ । पछिल्लो समय मानव र बन्यजन्तुबिचको द्धन्द्ध बढ्दै गएकाले स्थानीयलाई सचेत रहन र अपनाउनु पर्ने सावधानीबारे समेत प्रमुख सुबेदीले जानकारी गराएका थिए ।
Advertisement

कार्यक्रमका शुभकामना मन्तव्य दिदैं बाँसगढी सबडिभिजन बन कार्यालयका प्रमुख डिभिजन बन अधिकृत राम गणेश शाहले निकै मेहनत र परिश्रमबाट दुबै बन बनाउन सफल भएको बताए । समुदायिक बन बनाउनमा स्थानीय उपभोक्तहरुको लगाव र परिश्रमको स्मारण गर्दै, उनले अगामी दिनमा बनलाई आवश्यक सहयोग गर्ने प्रतिबद्ध समेत व्यक्त गरेका थिए । कार्यक्रमका कमलाधाम महिला समुदायिक बनको इतिहासबारे सोही बनका अध्यक्ष कौशाल थारु र सुमेरी महिला समुदायिक बनको इतिहासबारे अध्यक्ष राम शरण थारुले बाचन गरेका थिए । यस्तै कमलाधाम महिला समुदायिक बनका इतिहासबारे खोजबिन गरी लेखन गरेका स्थानीय शिक्षक तथा सोरहवा गाउँका जानकार राम प्रसाद थारुले पनि बनको इतिहासबारे शुभकामना मन्तव्य मार्पmत जानकारी गराएका थिए ।
दुबै समुदायिक बनमा गाउँका स्थानीय बगर खेत जोतहा किसान र कमलाधाममा आबद्ध साधुसन्त र सामुदायिक बनका पदधिकारी र उपभोक्तहरु बिच बर्षोदेखि बिवाद रहेको थियो । उक्त बिवादका कारण दुबै समुदायिक बन सम्बन्धित निकायमा दर्ता हुन सकेको थिएन । दुबै समुदायिक बनको बिवादित पक्षबिच प्रकृतिक स्रोत द्धन्द्ध रुपान्तरण केन्द्रले बिभिन्न चरणमा छलफल गरी बिवाद समाधान गरेको केन्द्रका बर्दिया जिल्ला संयोजक मजिउल्ला खाँले बताए । यसरी समुदायिक बनका द्धन्द्ध समाधान पश्चात बन दर्ता प्रक्रिया सहयोग गरी औपचारित रुपमा बन दर्ता केन्द्रका सहजकर्ता सबिना चौधरीले बताइन् ।
कार्यक्रममा सामुदायिक बन उपभोक्त महासंघ बढैयातालका उपाध्यक्ष गोबिन्द प्रसाद उपाध्याय, दोरहवा समुदायिक बनका अध्यक्ष शम्भु प्रसाद थारु, मानझुण्डी समुदायिक बनका अध्यक्ष गोपाल सुनार लगायत्ले शुभकामना मन्तव्य दिएका थिए । भने वडा नं. ३ का वडा सदस्य दुसानी थारुले स्वागत गित मार्पmत अतिथिहरुलाई स्वागत गरेकी थिइन् । कार्यक्रमको संञ्चालन सरला थारुले गरेकी थिइन् । कार्यक्रममा कमलाधाम र सुमेरी दुबै समुदायिक बनका उपभोक्त, अगुवा बुद्धिजीवीहरुको उल्लेख्य मात्रमा सहभागिता थियो । कार्यक्रमका अतिथिहरुलाई बन उपभोक्त समुहका महिला दिदिबहिनीहरुले हुरर्दुग्वा नाच प्रस्तुत गरीस्वागत तथा मनोराञ्जन गराएका थिए ।








