बधाई होः साफ यू–१९ च्याम्पियन, माल्दिभ्सलाई नेपालले ४–१ गोलले हरायो

 

काठमाडौं । दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले माल्दिभ्सलाई हराउँदै नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । सेमिफाइनलमा माल्दिभ्सलाई ४।१ गोलले हराएको नेपालले अब भुटान वा भारतसँग खेल्ने छ ।

Advertisement

नेपाललाई जिताउन प्रशान्त लक्सम, समीर तामाङ र निराजन धामीले गोल गरे । यस्तै २९ मिनेटमा समीरले निराजन धामीको थ्रो पासमा गोल गर्दै नेपालको अग्रता दोब्बर पारेका थिए । तर ५७ औं मिनेटमा माल्दिभ्सले १ गोल फर्कायो ।

८८औं मिनेटमा निराजनले गोल गर्दै नेपाललाई ३/१ ले अग्रता दिलाए ।

यस्तै खेलको ९६औ मिनेटमा समीर तामाङले दोस्रो गोल गर्दै नेपाललाई ४/१ गोलले जिताए ।

खेलमा सुरुदेखि नै नेपालले दबाब बनाएको थियो । छैटौं मिनेटमा निराजन धामीको पासमा प्रशान्त लक्समको प्रहार पोष्टबाट बाहिरियो ।

त्यसको दुई मिनेट पछि नै धामीले दायाँबाट हानेको बल पोष्ट माथिबाट बाहिरियो ।

दुवै टिमका खेलाडी १० खेलाडीमा सीमित

नेपालले पहिलो गोल गरेपछि माल्दिभ्सले बल चलाए लगत्तै नेपालका राइट विंगर सुजन डंगोल र माल्दिभ्सका कप्तान मोहमद इयान हसन लड्न पुगे ।

अगाडि बढेका हसनलाई सुजनले कुमले धकेलेका थिए । त्यसपछि लडेका हसन सुजनप्रति आक्रामक भए ।

त्यसपछि रेफ्रीले असिस्टेन्ट रेफ्रीहरुसँग सल्लाह गरेर दुवै खेलाडीलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु