Advertisement
पाल्पा — डेंगी संक्रमणबाट पाल्पाको माथागढी गाउँपालिका–१, चिदीपानी बुढीकोटका ३५ वर्षीय एक पुरुषको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार उनको तानसनेस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनलाई असोज ५ गते मिसन अस्पतालमा भर्ना गरिएको थियो । पाल्पाको मिसन अस्पताल, पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेजमा डेंगीबाट २ सय ६८ जनामा संक्रमित भइसकेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
डेंगी संक्रमणबाट यसअघि तानसेन नगरपालिका–६, बर्तुङकी ६९ वर्षीया महिला साथै स्याङ्जा गल्याङकी एक बालिकाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमै उपचारका क्रममा मृत्यु भएको थियो ।
जिल्लामा केही समय यता स्क्रबटाइफसका बिरामीसमेत बढेका छन् । स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म १ सय ७० जनालाइ स्क्रबटाइफस पोजिटिभ देखिएको छ ।









