कोशीमा २ मन्त्री र २ राज्यमन्त्री थपिए

 

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार दुई मन्त्री र दुई राज्यमन्त्री थप गरेका छन् । बुद्धिकुमार राजभण्डारी खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री बनेका छन् भने लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका छन् ।

Advertisement

 

त्यस्तै रामप्रसाद मेहता उद्योग, भूमिव्यवस्था तथा कृषि राज्यमन्त्री र निरन राई आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् ।

सोमबारको विस्तारपछि कोशीको मन्त्रिपरिषद ९ सदस्यीय भएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु